मुम्बई : चर्चित बलिउड अभिनेत्री मल्लिका शेरावतले लाइफ ओके नामक टेलिभिजन च्यानलमा सञ्चालन भएको द ब्याचलरेट इन्डिया नामक कार्यक्रममार्फत आफ्नो जीवन साथी चुनेकी छन् । शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा हिमाञ्चल प्रदेशका विजय सिंहले लन्डनमा बस्ने करन सागुलाई पछि पार्दै मल्लिकाको हात थामे । धर्मशालाका २४ वर्षीय विजय पेसाले एक मोडल हुन् । मल्लिकाको दिल जित्नका लागि सो टेलिभिजनले सञ्चालन गरेको कार्यक्रममा दुई दर्जनभन्दा बढी प्रतियोगी सहभागी थिए । (एजेन्सी)
प्रतिक्रिया