नेपाली क्रिकेटरलाई सम्मान

cricket-sammanस्टान्र्डड र्चार्टड बैंकले ट्वान्टी–२० विश्व कप छनोटका लागि युएइ जाने तयारीमा रहेको नेपाली टिमका खेलाडीलाई शनिबार सम्मान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रायोजकसमेत रहेको स्टयान्डर्ड चार्टड बैंकले क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्‍यो । गत वैशाखमा बर्मुडामा भएको खेलमा डिभिजन ३ च्याम्पियन बन्दै विश्व कप छनोट खेलमा सहभागी हुने अवसर प्राप्त गरेको नेपाली राष्ट्रिय टिमका प्रत्येक खेलाडीलाई २०/२० हजार नगदसहित स्टयान्डर्ड चार्टड बैंकले सम्मान गरेको हो । त्यस्तै सहप्रायोजक वरुण वेभ्रेजले पनि नेपाली राष्ट्रिय टिमका प्रत्येक खेलाडीलाई जनही २०–२० हजार नगदसहित सम्मान गर्‍यो । समान कार्यक्रममा बोल्दै स्टान्डर्ड चार्टड बैंकका सिइओ जोसेफ शिलम्यानोले नेपाली टिमले प्रेरणादायक प्रदर्शन गरेको भन्दै आगामी दिनमा थप राम्रो प्रर्दशन गर्ने विश्वास ब्यक्त गरे । त्यस्तै वरुण वेभरेजकातर्फबाट बोल्दै रोहित कोहोलीले भने ‘मैले नेपाली राष्ट्रिय टिमका सिमित खेलहरु हेर्ने मौका पाएको छु । जस्मा नेपाली खेलाडिले निकै राम्रो प्रदर्शन गरेका छन् । उनिहरु निकै राम्रो संभाबना बोकेका खेलाडी हुन् ।’ शनिबार भएको सम्मान कार्यक्रमको अवसरमा युएईमा हुने विश्वकप ट्वान्टी–२० छनोट खेलमा नेपाली खेलाडीले प्रयोग गर्ने जर्सीसमेत स्टायन्डर्ड चार्टडका सिइओ जोसेफले कप्तान पारस खड्कालाई प्रदान गरेका थिए ।

प्रतिक्रिया