महेन्द्रनगर र जनकपुरको जीत

वाइ वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिवार भएका खेलमा क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ४ भैरहवालाई १३ रनले पराजित गर्‍यो ।
सो जितपछि जनकपुर समूहको शिर्ष स्थानमा छ । दुवै खेलमा जित हात पार्दै ४ अंकका साथ जनकपुर शिर्ष स्थानमा रहेको हो । सो समूहमा क्षेत्र नम्बर ९ कञ्चनपुर २ अंकका साथ दोस्रो स्थानमा छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको जनकपुरले ४७ दशमर २ ओभरमा अलआउट हुदै १ सय ४१ रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको भैरहवा ३३ ओभर २ बलमा  १ सय २८ रनमा समेटिएको थियो । जनकपुरका लागि अविशेक झाले सर्वाधिक ४२ रन बनाए । ओपनर हरि शंकर साहले २० रन थपे । अन्साज उपाध्ययाले १३, राहुल प्रताप सिंहले १६, चन्न्दन झाले १५,समिर नेपालले १२ रन जोडे । भैरहवाका रुपेश बास्तोललो ३ तथा देभेन्द्र सामरे, दिपेन्द्र यादव र सुसान बैरीले २/२ विकेट लिए मनबहादुर थापाले एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको भैरहवाका लागि विजर सुनरले २४ रन जोडेका थिए । प्रकाश केसीले २३ र रुपेश बास्टोललो ११ रन पनि थपे । अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । भैरहवालाई सस्तैमा समेट्नेक्रममा जनकपुरका अविसेक झाले ६ विकेट लिएका थिए । उनले ९ ओभर २ बल बलिङ गर्दे १ मेडन राख्दै २४ रन दिएर ६ विकेट लिए ।
त्यसैगर पोला सिंह र राहुल प्रताव सिंहले २/२ विके लिए । अविशेक झा म्यान अफ दि म्याच घोषित भए । शनिवार नै भएको अर्को खेलमा क्षेत्र नम्बर ५ नेपालगञ्जलाई क्षेत्र नम्बर ९ महेन्द्रनगरले ३ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालगञ्जले ३७ ओभर ३ बलमा अलआउट हुदै १ सय ४४ बनाएको थियो । कञ्चनपुरले ३८ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । कञ्चनपुरका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान दिए । राजु रिजालले ३२ रन जोडे ।
दिपेन्द्र ऐरीले १७, टेकेन्द्र मलले १३ रन जोडे । नेपालगञ्जलाई सस्तैमा समेट्नेक्रममा कञ्चनपुरका ललि भण्डारी र दिपेन्द्र ऐरीले ३/३ विकेट लिएका थिए । चन्दन रावलले २ विकेट लिए । भुवन काकीृल र सुनिल धमलाले १/१ विकेट लिएका थिए । कन्चनपुरका ललित सिंह भण्डारी म्याचन अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया