विकल्प खोज्न आग्रह

काठमाडौं, २४ कात्तिक । मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी गर्ने भन्दै सरोकारवालाले नेपाल बन्द नगर्न विभिन्न राजनीतिक दल तथा संगठनसाग आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलद्वारा शनिवार आयोजित ‘बन्द र अर्थतन्त्र’ विषयक अन्तक्र्रियामा अर्थविद्हरुले विभिन्न माग राखी गरिने बन्दका कारण पनि मुुलुक आर्थिक रुपमा पछाडि परेको टिप्पणी गर्दै बन्द र हड्ताल सधौका लागि बन्द गर्न आह्वान गरे । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले बन्द अर्थतन्त्रका लागि सबैभन्दा खतरनाक परिस्थिति भएको भन्दै कुनै पनि समयमा गर्ने बन्दले व्यवसायीलाई घाटा हुने बताए ।
ख्रीष्टमसमा विदेशमा २४ घन्टा व्यवसाय सुचारु हुने हुादा नेपालमा पनि दसौतिहार, तिजलगायत चाड पर्वमा व्यवसायीले आफ्नो व्यवसायलाई बन्द नगरी चलायमान बनाउनुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले आफ्ना माग पूरा गराउन सबै राजनीतिक पार्टीले बन्दको विकल्प खोज्नुपर्ने बताए ।
अर्थविद् चन्द्रमणि अधिकारीले बन्दका कारण दैनिक तीन अर्ब रुपैयाा नोक्सानी हुने भन्दै अब चुनावी घोषणापत्रमा मात्र नभई व्यावहारिक रूपमै बन्द नगर्ने राजनीतिक पार्टीलाई मात्र भोट हाल्न आग्रह गरे । राष्ट्रिय व्यापार संघका अध्यक्ष रमेशचन्द्र वादे श्रेष्ठले समस्याको समाधान वार्ता र संवादका माध्यमबाट खोज्नुपर्ने बताए ।

प्रतिक्रिया