कञ्चनपुर : सेती महाकाली यातायात व्यवसायी समिति कञ्चनपुरले एकल महिलालाई यातायात भाडामा १५ प्रतिशत छुट दिने जनाएको छ । समिति र एकल महिलाको हकहितमा कार्यरत द्वन्द्वपीडित तथा एकल महिला केन्द्रबीच भएको सम्झौताअनुसार लामो दूरीमा दुई जना र छोटो दूरीमा सबैलाई भाडामा १५ प्रतिशत छुट दिइने जनाइएको छ ।
महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष बाबुराम शर्माले राज्यबाट उपेक्षित भएका एकल महिलालाई सहयोग तथा सद्भावको भावनाले छुट दिइएको बताए । एकल महिलाको आग्रहमा छुट दिइएको र १५ प्रतिशत पर्याप्त नभएको भन्दै अध्यक्ष शर्माले समितिको आगामी बैठकले छोटो तथा लामो दूरीमा २५ प्रतिशत छुट दिने योजना रहेको जानकारी गराए । (सौस)
प्रतिक्रिया