कोइरालाविरुद्ध माओवादीको बन्द

Sushil Koirala 4बर्दिया, २४ कात्तिक । चुनावी सभालाई संवोधन गर्न नेपाली कांग्रेसका सभापति सुशील कोइराला शनिबार बर्दिया आउने भएपछि नेकपा–माओवादीले यातायात बन्दको घोषणा गरेको छ ।

संविधानसभा सदस्य निर्वाचनको बहिष्कार गर्दै आएको नेकपा–माओवादीले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सहमतिका बाधक रहेका चार दलका शीर्ष नेताहरूलाई बर्दिया प्रवेशमा निषेध गरिएकाले यातायात बन्दको घोषणा गरिएको उल्लेख छ । साथै शान्तिपूर्ण र वैधानिक कार्यक्रममाथि दमन र धरपकड गरे प्रतिरोध गर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । नेकपा–माओवादी बर्दियाका इन्चार्ज द्रव्य शाह ‘सुमन’द्वारा हस्ताक्षरित विज्ञप्तिमा छोटो तथा लामो दूरीका बस, ट्रक, जिप र मोटरसाइकललगायत सम्पूर्ण यातायात बन्दको आव्हान गरिएको उल्लेख छ ।
विज्ञप्तिमा नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले घोषणा गरेको १० दिने आमहड्ताल यथावत रहेकोसमेत उल्लेख छ ।

प्रतिक्रिया