मर्चवार, २४ कात्तिक । मुलुक यतिबेला संविधानसभामय भएको छ । चारैतिर निर्वाचनको चहल पहल छ । घरको भान्सादेखि चौकको चियापसलसम्म चुनावको रन्को छ । अधिकांश ठाऊँमा अघिल्लो संविधानसभा निर्वाचनमा अग्रस्थान कायम गरेका एमाओवादी, कांग्रेस र एमालेको चर्चा छ ।
तर रुपन्देहीको क्षेत्र नम्बर ६ मर्चवारमा ठूला दलहरूको भन्दा साना दलहरूको चर्चा बढी चलिरहेको छ यतिबेला । बहुसंख्यक मधेसी समुदायको बसोबास रहेको यस क्षेत्रमा तमलोपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला, तराइ मधेस सद्भावना पार्टी नेपालका उमाशंकर यादव, मधेसी जनअधिकार फोरम नेपालका बसिउद्दिन खा, राष्ट्रिय मधेस समाजवादी पार्टीका ओमप्रकास यादवबीच मुख्य प्रतिसपर्धा हुने अनुमान गरिएको छ ।
यसैगरी एमालेकी पम्फावति खनाल, दलित जनजाति पार्टिका राजाराम धोवी, सद्भावना पार्टिका ओम प्रकास यादव, कांग्रेसका अष्ठभुजा पाठक , एमाओवादीका लालमन यादव र नेपाल सद्भावना पार्टिका हरिश्चन्द्र सिंह कुर्मी पनि मुख्य प्रतिसपर्धामा उत्रिएको स्थानिय नागरिक अगुवाको विश्लेषण छ ।
कुल ४९ हजार ५ सय ४६ मतादाताले मतदान गर्ने यस क्षेत्रमा ३७ वटा मतदान स्थल अन्र्तगत ७७ मतदान केन्द्र रहेका छन् ।
यस क्षेत्रबाट ठूला साना सबैगरी ३७ जना प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारको रूपमा प्रस्तुत भएका छन् ।
यस क्षेत्रबाट दलित जनजाति पार्टीका राजा राम धोवी, एमाओवादीका लालमन यादव, नेपाल युवा किसान पार्टीका रामजतन प्रसाद हरिजन, एमालेकी पम्फावती खनाल, जनता पार्टी नेपालका हरिवहादुर यादव, तराई मधेस सदभावना पार्टी नेपालका उमा शंकर यादव, नेपाली कंग्रेसका अष्ठ भुजा पाठकले चुनावी मैदानमा प्रतिसपर्धा गर्दैछन् । यसैगरी नेपाल सद्भावना पार्टीका हरिशचन्द्र सिंह कुर्मी, मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का वशिष्ठमणि त्रिपाठी, संघीय सद्भावना पार्टीका राधेश्याम पाल गडेरीया, राष्ट्िरय प्रजातन्त्र पार्टीका अदमद अलि शाह मुसलमान, मधेसी जनअधिकार फोरम, नेपालका वसिउद्दिन खाँ पनि चुनावी प्रतिसपर्धामा छन् ।
सद्भावना पाटीका ओमप्रकाश यादव, मधेस समता पार्टी नेपालका विजय कुमार केवट, नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)का ओम प्रकाश दुवे, राष्ट्रवादी एकता पार्टीका सुनिल कुमार गिरी, अखण्ड नेपाल पार्टीका नरवेदश्वर शुक्ला, तराई मधेस पहाड हिमाल एकता पार्टीका महेन्द्र प्रसाद यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जितेन्द्र नाथ शुक्ला, राष्ट्रिय शिवसेना पार्टीका कृष्ण राज शाही, नेपाल सद्भावना पार्टी (युनाइटेड)का रमेश कुमार शर्मा, शिवसेना नेपालका इन्द्रमणी उपाध्याय, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्र नाथ शुक्ला, नेपाल जनता पार्टीका प्रमोदकुमार त्रिपाठी, राष्ट्रिय मधेस समाजवादी पार्टीका ओम प्रकाश यादव, संयुक्त राष्ट्रवादी मोर्चा नेपालका छेदी गडेरीया, राष्ट्रिय जनमुिक्त पार्टीका जौहर अलि जोलहा, नेपाल परिवार दलका जमालुद्दिन धुनिया रहेका छन् ।
यसैगरी स्वतन्त्र रूपमा सन्तविजय यादव, अनुपकुमार यादव, सन्तराम भर, वैद्यनाथ वनिया, राम प्रसाद मुराव, तिजु मुराव, अब्दुल जुवेर मुसलमान गरी ३५ जना प्रत्यक्षतर्फको निर्वाचनमा भाग लिँदैछन् ।
रूपन्देहीको अन्य क्षेत्रभन्दा अत्यन्तै बढी प्रचारात्मक ढंगले पर्चा पम्प्लेटिङसमेत भएको यस क्षेत्रमा उम्मेदवारहरूको ओहोरदोहर पनि त्यतिकै मात्रामा बाक्लो देखिन्छ । प्रचारप्रसारका हिसाबले पनि ठूला दलहरूभन्दा साना दलहरू अगाडि देखिएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा पनि विजयी हासिल गरेको मधेसी जनअधिकार फोरम पनि सक्रिय रहेको छ ।
खेती किसानीमा पूर्ण रूपमा आत्मनिर्भर यस क्षेत्रका जनताका बीच अहिले ३ जना पूर्वमन्त्रीसहित ३५ जना नयाँ र पुराना नेताहरू घरदैलो तथा धान उठाइरहेको खेतमा नै पुगिरहेका देखिन्छन् ।
बत्तिमुनिको अँध्यारो भनेर चिनिने मर्चवार नेपालको राजनीतिमा पनि महत्वपूर्ण अर्थ राख्ने स्थल हो । डा. केआई सिंहको राजनीतिक क्रिडास्थलसमेत रहेको यस क्षेत्रमा अहिलेको निर्वाचनको संघारमा आइपुग्दा ठूला दलभन्दा साना दलहरूको राजनिती हावी भएको देखिन्छ । तर यो कुराको सिद्ध निर्वाचन मत परिणामले गर्ने हो ।
प्रतिक्रिया