काठमाडौं : नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई संविधानसभामा बहुमत दिएर जिताउन जनतासँग हादिर्क आग्रह गर्नुभएको छ । कञ्चनपुरको बेलौरीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता देउवाले चुनावमा काग्रेसको बहुमत आए जनताले राजनीतिक दललाई दण्ड र पुरस्कृत गर्न सक्ने संविधान निर्माण गर्ने बताए । नेपाली कांग्रेसले कम्युनिष्टले जस्तै भ्रमको खेती गर्न नजानेको भन्दै नेता देउवाले प्राथमिकतामा संविधान भएपनि नेपाली कांग्रेसको एजेण्डा स्थानीय विकास, पुल र सडक निर्माण पनि रहेको बताए ।
प्रतिक्रिया