नेपालगन्ज, २४ कात्तिक । नेपाली कांग्रेसका सभापती सुशिल कोइरालाले आचारसंहिता उल्लंघन गर्ने विरुद्ध कडाईका साथ जान निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
एकिकृत नेकपा माओवादीले सञ्चालन गरेको मेची–महाकाली अभियानको प्रसङग कोट्याउँदै उनले आयोग कडाईका साथ प्रस्तुत हुने विश्वास व्यक्त गरे । बाँके क्षेत्र नम्बर–३ को उम्मेदवार समेत रहनु भएका सभापति कोइरालाले शनिबार नेपालगन्ज बिमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा यस्तो धारणा राखेका हुन् ।
उनले निर्वाचनलाई अनुशासित र मर्यादित बनाउने जिम्मा सरकार र दलहरूको नै भएको बताउँदै भन्नुभयो–‘निर्वाचन प्रचारको नाममा हुने तडकभडक नियन्त्रण गर्न सरकार कडाईका साथ जानुपर्छ, अन्यथा निर्वाचन मर्यादित हुन सक्दैन ।’ निर्वाचन बहिकारमा रहेको नेकपा–माओबादी लगायत दलहरु कदापी सफल नहुने दाबी गर्दै सभापती कोइरालाले चुनावको बिरोध गर्नेलाई भोट हाल्न आतुर जनताले नै ठेगान लगाउने बताए । लोकतान्त्रिक संविधान निर्माणका लागि जनताले यसपटक नेपाली कांग्रेसले दुई तिहाई बहुमत दिने विश्वास समेत सभापति कोइरालाले व्यक्त गरे ।
प्रतिक्रिया