एबिसी टेलिभिजनलाई निर्देशन

काठमाडौं : निर्वाचन आयोगको मिडिया अनुगमन एकाइले एबिसी टेलिभिजनलाई निर्वाचनसम्बन्धी प्रशारण भएका सम्पूर्ण कार्यक्रमको डिजिटल कपी मिडिया अनुगमन प्रयोजनका लागि आयोगमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
एविसि टेलिभिजनले एमाओवादीको चुनावी अभियानलाई सघाउने मनसायले सामाग्रीहरु प्रशारण गरेको थियो । एविसि टेलिभिजनले एमाओवादी अध्यक्ष पुष्प कमल दाहालको चुनावी कार्यक्रम र सम्बोधनका प्रत्यक्ष प्रसारण गरेको थियो । पुर्व मेची देखी पश्चिम महाकाली सम्मको एमाओवादीको जनजागरण कार्यक्रम पनि एविसिले प्रत्यक्ष प्रसारण गरेको थियो । एमाओवादी बाहेक अन्य सवै दललाई गाली गलौज र अपमान गर्ने जस्ता गतिविधि भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । अन्य दल प्रति जनतामा वितृष्णा जगाउने खालका सामाग्री पनि प्रसारण भएको उजुरीमा उल्लेख छ । टेलिभिजनलाई पार्टीको मुखपत्र र चुनाव प्रचार यन्त्र बनाइएको आपत्ती पनि जनाइएको थियो ।
आयोगका प्रवक्ता वीरबहादुर राईले शनिवार विज्ञप्ति प्रकाशित गरी गत असोज २० गतेदेखि हालसम्म त्यस टेलिभिजनबाट निर्वाचनसम्बन्धी प्रशारण भएका सम्पूर्ण कार्यक्रमको डिजिटल कपी मिडिया अनुगमन प्रयोगनका लागि २४ घण्टाभित्र उपलब्ध गराउन आदेश दिएको हो । आयोगले संविधानसभा सदस्य निर्वाचन २०७० लाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीयरुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउन एबिसी टेलिभिजनलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया