काठमाडौं, २३ कात्तिक । चुनाव नजिकिँदै गई रहेका बेला कांग्रेसमा राष्ट्रिय महत्व राख्ने एकसय बढी कलाकार प्रवेश गरेका छन् ।
सभापति सुशील कोइरालाले आज (शनिबार) आफ्नो महाराजगञ्जस्थित निवासमा कलाकारहरुलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् । सदस्यता लिने कलाकारहरुमा नायक नायिका देखि फेटोग्राफर सम्मका रहेको कांग्रेसले जनाएको छ ।
सभापति कोइरालाले राष्ट्रिय महत्व राख्ने कलाकारहरुको प्रवेशसँगै कांग्रेसमा उत्साह आएको बताए । उनले कला क्षेत्रका लागि कांग्रेसले योगदान दिने बताए ।
नायक जीवन लुइटेल, नायिका झरना थापा, धिरेन शाक्य, मुकेश ढकाल, वीरेन श्रेष्ठ, निरज बराल, नायिका रुपा राना, मेलिना मानन्धरलगायत रहेका छन् ।
त्यसै गरी निर्देशक रमेश वुढाथोकी, सुरज सुब्बा, खलनायक आकाश खवास, छायांकार पुरुषोत्तम प्रधान, फोटोग्राफर राजिव श्रेष्ठ, गायक प्रकाश ओझा, सन्तु तामाङ, रामेश्वर कार्की, प्रभुशम्शेर जवरा, श्याम राईसहित एक सय २५ जना कलाकारहरुले सदस्यता लिएको कांग्रेसले जनाएको छ ।
उनीहरुले लोकतान्त्रिक नयाँ संविधान बनाउन सहयोग मिलोस भनेर कांग्रेसमा प्रवेश गरेको जनाए । उनीहरुले कांग्रेसलाई विजयी बनाउन आ–आफ्नो स्थानबाट सहयोग गर्ने बताए । तस्विर सौजन्य सुरेश दर्पण पोखरेल ।
प्रतिक्रिया