बन्दका बिरुद्ध उत्रन व्यबसायीद्वारा आग्रह

काठमाडौं, २३ कात्तिक । राजनीतिक दल वा संगठनले गर्ने बन्दले देशको अर्थतन्त्रमा ठूलो नोक्सानी हुने भन्दै सरोकारवालाले बन्दको विपक्षमा उत्रन आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको अनतरक्रिया कार्यक्रममा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बन्दबाट देश पछाडि धकेलिने बताए । उनले बन्द र हड्ताालको विपक्षमा अभिन सबैलाई आग्रह पनि गरे ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले सबै राजनीतिक पार्टीले बन्दको विकल्प खोज्नुपर्ने बताए । उनले अबका दिनमा कुनै पनि बन्दकर्ताको बन्द सफल नहुने बताए ।

अर्थविद् चन्द्रमणि अधिकारीले बन्द र हड्ताल नगर्ने प्रतिबद्धता जनाउने राजनीतिक पार्टीलाई भोट दिनु पर्ने बताए ।

प्रतिक्रिया