हेटौंडा, २३ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले बहुमत पाए मुलुकमा आर्थिक क्रान्ति गर्ने आश्वासन दिएका छन् ।
मेची–काली जागरण अभियान अन्तर्गत आज (शनिबार) मकवानपुरको हेटौँडामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकमा आर्थिक क्रान्ति एमाओवादीले मात्रै गर्ने दाबी गरे । ‘हाम्रो बहुमत आयो भने आर्थिक क्रान्ति गर्छौं,’ उनले भने, ‘मकवानपुर जिल्लालाई आर्थिक क्रान्तिको नमूना जिल्ला बनाउँछौं ।’
अध्यक्ष दाहालले निर्वाचनमा आफूहरुको जित सुनिश्चित रहेको पनि दाबी गरे । ‘चुनावमा चौका मार्ने पक्का छ,’ उनले भने, ‘एमाओवादीले अप्रत्यासित मत ल्याउँछ ।’
नेता बाबुराम भट्टराईले पनि एमाओवादी नेतृत्वको सरकारले दु:खी गरिव जनताका लागि काम गर्ने दाबी गरे । उनले एमाओवादीको बहुमत आयो भने १५ बर्ष भित्र गरिवी अन्त्य गर्ने आश्वासन दिए ।
‘एमाओवादीले सरकार बनायो भने दु:खी र गरिव जनताको पक्षमा काम गर्ने छ,’ उनले भने, ‘दुई तिहाई बहुमत आयो भने १५ बर्षभित्र नेपाललाई गरिवी मुक्त बनाउँने छौं ।’
नेता नारायणकाजी श्रेष्ठले पनि यस पटक चुनाव हुन नसके अर्को संविधानसभाको निर्वाचन हुनै नसक्ने बताए । उनले एमाओवादीले बुहमत पाउनु पर्ने बताए ।
प्रतिक्रिया