गुम्बा गाउँमा २५ मतदाता

धनगढी : बाजुराको गुम्बा गाउँमा २५ जना मात्र मतदाता रहेका छन् । जिल्लाको सर्वाधिक बिकट गाविसका रूपमा रहेको बिच्छँया–१ गुम्बा गाउँमा २५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । सबैभन्दा कम जनसंख्या भएको यो वडा नम्बर १ को गुम्बा गाउँ सदरमुकाम मार्तडीबाट ४ दिनको पैदल दूरीमा पर्छ । २६ घरपरिवार मात्र बसोवास रहेको यो वडामा फोटोसहितको मतदाता नामावली दर्ता गर्न टाढा भएकाले नाम दर्ता नगराएको स्थानीयले बताएका छन् । २५ जना मतदाता रहेको यो वडाका मतदातालाई एक दिनको पैदल दूरीमा पर्ने बिच्छँया–२ गंगा निमावि बौडिमा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया