एमालेले ठूला सभा नगर्ने

काठमाडौं : नेकपा (एमाले) ले ठूला आमसभा तथा शीर्ष नेताको सम्बोधनको कार्यक्रमलाई यसपटकको निर्वाचनमा पुनरावृत्ति नगर्ने भएको छ । आफ्नो विजयलाई सुनिश्चित गर्न एमालेका अधिकांश शीर्ष नेता आफ्नो निर्वाचन क्षेत्रमा खटेर लागेका छन् । नेताहरु मतदाताको घरदैलामा पुग्ने र भेटभाटमा नै सक्रिय रहेका छन् । ‘आमसभामा व्यावसायिक, पेसेवर तथा जम्मा गरिएका स्रोता जम्मा गरेर भाषण सुनाएर कुनै अर्थ छैन ।’

एमालेका पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘एमाले जनताका घर घरमा र उनीहरूका बीचमा गएर अभिमत बटुल्न चाहन्छ ।’ पूर्वसभासद् रिमालले एमालेले निर्वाचनका लागि ठूला सभा र कार्यक्रम तय गर्ने प्रयोग अघिल्लो निर्वाचनमा गरेको र त्यो करिब–करिब असफलसिद्ध भइसकेको बताए । यसैबीच, संविधानसभा निर्वाचनको मिति नजिकिँदै जाादा एमालले आफ्नो प्रचार अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार उपलब्ध केन्द्रीय नेतृत्व, प्रचार विभागका सदस्य, प्रेस चौतारी नेपाल र सञ्चार इलाकाका उपलब्ध पदाधिकारीबीचको बैठकले यसबीचको प्रचार कार्यको समीक्षा गर्दै अबका दिनमा त्यसलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया