अपहरणमा परेका स्वयम्सेवक नेपालगञ्जमा

aapharanधनगढी, २२ कात्तिक । कञ्चनपुरबाट बिहीबार अपहरणमा परेका मतदाता शिक्षा स्वयम्सेवक नेपालगञ्जमा फेला परेका छन् ।

कालागौंडी क्षेत्रबाट अपहरणमा परेका पिपलाडी–७, असैनाका २४ वर्षीय मनोहर चन्द आज (शुक्रबार) नेपालगन्जमा फेला परेको प्रहरीले जनाएको छ । दक्षिणी क्षेत्र हुँदै अपहरणकारीले चन्दलाई नेपालगञ्ज पुर्‍याएर सकुशल छोडेको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बृखबहादुर रावलले बताए ।

नेपालगन्ज पुगेका विषयमा आफूलाई केही जानकारी नभएको चन्दले बाँके प्रहरीलाई बयान दिएका छन् ।

मतदाता शिक्षा दिन कालागौंडी पुगेका बेला दुईवटा मोटरसाइकलमा आएका नकाबधारी तीनजनाको समूहले चन्दलाई अपहरण गरेको चन्दले बताए ।

प्रतिक्रिया