बाँके, २२ कात्तिक । बाँके क्षेत्र नम्बर ४ का चुनाव प्रचार प्रसार समितिका सचिवालय सदस्य देवबहादुर खत्रीको घरमा फेला परेको नक्कली ‘कुकर बम’ सुरक्षाकर्मीले निष्कृय बनाएको छ ।
अपरिचित समूहले राखेको ‘कुकुर बम’ नेपाली सेनाको टोलीले आज (शुक्रबार) निष्क्रिय बनाएको प्रहरीले जनाएको छ । बम घरको बरण्डामा फेला परे पछि प्रहरीलाई खबर गरेको खत्रीले बताए ।
बमकै शैलीमा राखिएको प्रेसर कुकर भित्र बालुवा मात्र भेटिएको थियो ।
कांग्रेस क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णमान श्रेष्ठले निर्वाचन विथोल्न नागरिकलाई आतंकित बनाउन नक्कली कुकर बम राखिएको बताए ।
प्रतिक्रिया