माहुरी चरनमा समस्या

bee-hevकञ्चनपुर, २२ कात्तिक । माहुरीपालनबाट राम्रो आम्दानी हुन थालेपछि कञ्चनपुरका कृषक माहुरीपालनतर्फ आकर्षित भए पनि माहुरीको चरनको अभाव देखिएको छ । बाढीग्रस्त क्षेत्रमा पुनर्निर्माण आयआर्जन कार्यक्रमअन्तर्गत जिल्ला कृषि कार्यालयले जिल्लाका दक्षिणी क्षेत्रका कृर्षकलाई माहुरीपालनतर्फ आकर्षित गरे पनि माहुरी चरनको अभाव देखिएको हो ।

बेलौरीका २० घरपरिवारलाई माहुरीपालनका लागि तालिम दिई प्रत्येक परिवार पााच घर माहुरीका वितरण गरेको थियो । कञ्चनपुर बढी बाढीग्रस्त क्षेत्र भएकाले सो क्षेत्रमा माहुरीपालनका लागि तालिम दिई सहयोग गरेको कृषि कार्यालय कञ्चनपुरले जनाएको छ । बेलौरी डुङ्कगाका २० परिवारले महुरीपालनबाट राम्रो आम्दानी गरेको कृषक नरेस बोहराले बताए । कञ्चनपुरमा एक किलो महको मूल्य तिन सय देखि चार सय सम्ममा बिक्री वितरण गरेको र एक मौसममा माहुरीले एक लाखसम्मको मह उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।
महसँगै माहुरीले उत्पादन गरेको मैनसमेत एक क्विन्टलको तिस हजारसम्म बिक्री हुन्छ । बेलौरीमा महुरीका लागि मह उत्पादन गर्न फूलको अभाव भएपछि बोहराले आफूले पालेका ३२ घार माहुरी महेन्द्रनगरको भीमदत्त नगरपालिकाअन्तर्गत ब्रह्मदेवको खल्ला मछेट्टीमा चरनका लागि राखेका छन् । साल, सिसमजस्ता रुखमा पालुवा आउने बेलामा माहुरीले मह उत्पादन चााडो गर्ने भएकाले माहुरीलाई चराउन लगेको उनले जानकारी दिए । जिल्ला कृषि कार्यालयको सहयोगमा कञ्चनपुरको डुङ्गामा मात्रै २० घर परिवारलाई गत वर्ष बाढीग्रस्त परिवारलाई सहयोग स्वरुप प्रत्येक परिवारलाई पााच माहुरी घारका दरले वितरण गरेको कृषि कार्यालय प्रमुख योगप्रसाद खरेलले बताए ।

प्रतिक्रिया