हेटौडा, २२ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आम जनतालाई शान्ति सुरक्षाका साथै विकासको पूर्वाधार र आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गर्न जनताले राष्ट्रवादी शक्तिलाई मतदान गरेर नेतृत्व दिनुपर्ने सुझाव दिएका छन् ।
राप्रपा नेपाल मकवानपुरद्वारा जिल्लाको क्षेत्र नं १ अन्तर्गत छतिवन गाविसको जुरेली तथा स्थानीय फापरबारी गाविसमा विहिबार आयोजित चुनावी आमसभामा उनले प्रमुख दलहरूको अपरिपक्क नेतृत्वले गर्दा राजनीतिक सङ्कट बढ्दै गएकामा चिन्तासमेत व्यक्त गरे ।
राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्टको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य मधुकर अधिकारी र पार्टीको प्रत्यक्ष उम्मेदवार प्रलिता थापाले राष्ट्रको सर्वोपरी हितमा र दुर्गम भेगका जनताको सामाजिक उत्थान गर्ने अभियानमा राप्रपा नेपाल लाग्ने बताएकाा छन् ।
प्रतिक्रिया