जापानी नागरिकको सहयोगमा पाच दर्जन विद्यालय

काठमाडौ, २२ कात्तिक । जापानी नागरिकको सहयोगमा स्थापित एसिया फ्रेन्डसिप नेटवर्क (एएफएन) ले नेपालका ग्रामीण भेगका पाच दर्जनभन्दा बढी सामुदायिक विद्यालयको भवन निर्माणमा सहयोग गरिसकेको छ ।
सरकारले विद्यालय भवनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिरहेका बेला अन्तर्राष्ट्रिय दातृ निकायले गर्ने सहयोगबाट नेपालका विद्यालय लाभान्वित हुादै आएका छन् । यद्यपि, नेपालका कुन निकाय वा व्यक्तिले सरकारी विद्यालयमा के कति सहयोग गरिरहेका छन् भन्नेबारे आधिकारिक विवरणको अभिलेख पाइादैन । एएफएनले नेपालमा सन् १९९६ मा पहिलोपटक काभ्रेको धनेश्वर माविमा भवन निर्माणका लागि सहयोग गरेको थियो । सहयोगको पछिल्लो शृङ्खलामा नुवाकोट जिल्लाको कविलास गाविसस्थित सन्सारी प्राथमिक विद्यालयमा निर्माण हुने ६ कोठे पक्की भवनको विहिवार शिलान्यास भएको छ । हाल नेपालमा रहनुभएका नेटवर्कका अध्यक्ष इसिमारु युजिरेले भवनको शिलन्यास गर्दै नेपालका बालबालिकाको शिक्षाका लागि जापान सरकारले भौतिक पूर्वाधार निर्माणका लागि सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
भवनका लागि रु १३ लाख ६५ हजार लागत अनुमान गरिएको छ । स्थानीय समाजसेवी पूर्णलाल श्रेष्ठले जिल्लाको विकट गाविसमा निर्माण हुन लागेको विद्यालयबाट बालबालिकालाई अध्ययनमा सजिलो हुने बताए । तेर्‍ह जिल्लाका ५० वटा विद्यालयमा भवन निर्माणका लागि सहयोग गरेको यो संस्थाले सन् २०१४ भित्र यस्ता सहयोग ८० वटा विद्यालयसम्म बढाउने लक्ष्य लिएको छ । सो संस्थाले कास्की, ओखलढङ्गा, रामेछाप, सर्लाही, पर्सा, महोत्तरी, रुकुम, स्याङ्जा, प्युठान, नुवाकोट, म्याग्दी र बारालगायतका जिल्लामा विद्यालय भवनमा सहयोग गरिसकेको छ ।

प्रतिक्रिया