चुनावपछि एमालेको नेतृत्व : नेपाल

काठमाडौं : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन पछि लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व एमालेले लिने बताएका छन् ।
काठमाडौ निर्वाचन क्षेत्र नं २ को साखुमा मतदाता घरदैलो कार्यक्रमअन्तर्गत स्थानीयवासीसाग बिहीबार आयोजित छलफलमा उनले जनतालाई आर्थिक समुन्नतिको अवसर सिर्जना गरी मुलुकलाई प्रगतिशील संविधान दिन सक्ने दृष्टिकोण आफ्नो पार्टीसाग रहेको बताए ।नेपालले देशमा सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई सुदृढ गर्न बहुपहिचान सहितको सङ्घीयताको पक्षमा एमाले रहेको उल्लेख गर्दै उनले संविधान निर्माणलाई पूरा गरी मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा सङ्क्रमणकाल अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले देशमा भएको परिवर्तनलाई संस्थागत गरी लोकतान्त्रिक पद्धतिलाई जीवन्त राख्न निर्वाचनमा आम जनतालाई सहभागी हुन आग्रह गर्दै जनताले एमालेलाई बहुमत प्रदान गरी नेतृत्व गर्न अवसर दिएमा विकास निर्माणका धेरै कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । (सौस)

प्रतिक्रिया