विदेशी सहयोगलाई हस्तक्षेप भन्न मिल्दैन

Kamal-Thapaकाठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु अधिराज्य बनाउने अभियानमा प्राप्त विदेशी समर्थन र सहयोगलाई हस्तक्षेप भन्न नमिल्ने बताएका छन् ।

राजधानीमा आज (बुधबार) आयोजित कार्यक्रममा थापाले विश्वभरका एक अर्ब ८ करोड हिन्दुहरुले नेपाललाई हिन्दु अधिराज्य बनाउने अभियानमा समर्थन र सद्भाव देखाइरहेको बताए ।

‘नेपाल हिन्दु अधिराज्य होओस् भनेर विश्वभरका हिन्दुहरुको शुभेच्छा हुनुलाई हस्तक्षेप भन्न मिल्दैन,’ थापाले भने, ‘भारतका मात्र नभएर विश्वभरका हिन्दुहरु नेपाललाई हिन्दु अधिराज्य बनाउने पक्षमा छन् ।’

उनले चुनावपछि राप्रपा नेपाल निर्णायक शक्तिका रुपमा आउने दाबी गर्दै सबै धर्मको बीच समानता सुनिश्चित गर्दै हिन्दु अधिराज्य कायम गरिछाड्ने बताए ।

प्रतिक्रिया