आचार संहितामा ध्यानदिन दाहाललाई आग्रह

Baluwatarकाठमाडौं, १८ कात्तिक । निर्वाचन आचार संहिता उलंघनका विषयमा आरोप प्रत्यारोप भईरहेका बेला अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।

अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) विहान भएको भेटबार्तामा चुनावी तयारी, शान्ति सुरक्षा र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल भएको हो । भेटमा अध्यक्ष रेग्मीले आचार संहिता उलंघन भएकोमा अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए । उनले चुनाव सहज वातावरणमा गराउने दायित्व सबैको रहेको पनि बताए ।

अध्यक्ष दाहालले चुनाव विरोधी दल र समूहको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।

‘हाम्रा उम्मेदवार र तिनका सवारी साधन माथि भौतिक आक्रमण भएको छ,’ दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘आक्रमणमा संलग्न नेकपा–माओवादीका गतिविधिलाई विशेष ध्यान दिनु पर्छ ।’

निर्वाचन बिथोल्न बिभिन्न गतिविधि गर्दै आएको नेकपा–माओवादी भौतिक आक्रमणमा उत्रिए पछि सरकार र दलहरुलाई चुनौति थपिएको छ ।

जवाफमा अध्यक्ष दाहालले सरकार निर्वाचनका लागि आवश्यक पर्ने शान्ति सुरक्षा र अन्य व्यवस्थापनको कार्य गर्न प्रतिबद्ध रहेको बताए । ‘तपाईहरु चुनावमा केन्द्रित हुनुस्,’ रेग्मीले भने, ‘शान्ति सुरक्षा र अन्य व्यवस्थापनका जिम्मेवारी सरकारले पुरा गर्छ ।’

प्रतिक्रिया