माओवादी दक्षिणपन्थी एम्बुसमा : दाहाल

Nabraj Poudelकाठमाडौं, १७ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादी दक्षिणपन्थी एम्बुसमा परेको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय कोटेश्वरमा आज (आइतबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेकपा–माओवादी जानेरै दक्षिणपन्थीको एम्बुसमा परेको आरोप लगाए । ‘दक्षिणपन्थी एम्बुसको स्थितिबाट सचेत भएर फर्कनु भएका नेता तथा कार्यकर्तालाई धन्यवाद,’ उनले भने ।

अध्यक्ष दाहालले नेकपा–माओवादीको गलत नीतिका कारण नेता तथा कार्यकर्ताहरु एमाओवादीमा फर्कने क्रम जारी रहेको बताए ।

उनले नेपालमा रहेका कम्युनिष्ट र अग्रगमनकारीको ध्रुवीकरण अहिलेको युगको आवश्यकता रहेको बताए । ‘सबै कम्युनिष्टको ध्रु्रवीकरण अहिलेको युगको आवश्यकता हो,’ दाहालको भनाई छ ।

शक्तिशाली कम्युनिष्ट पार्टीको खाँचो दोहर्‍याएका अध्यक्ष दाहालले अग्रगमनको पक्षमा रहेका सबै पार्टी धु्रवीकरण गरेर जानु पर्ने बताए ।

प्रतिक्रिया