महिला फुटबल पुलिसलाई

Mahilaa-footballlनेपाल पुलिस क्लबले १५ औं एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार हेटौंडा–६ गौरीटारस्थित निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको मैदानमा डिफेन्डिङ सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलले हराउादै पुलिसले उपाधि जितेको हो ।
खेलको ८५ औ‘ मिनेटमा एपीएफकै सजना रानाले गरेको आत्मघाति गोल पुलिसलाई उपाधिसम्म डोहोर्‍याउन काफी रह्यो । त्यसअघि पहिलो हाफमा पुलिसलाई दबाबमा राखेपनि राम्रा मूभहरु सिर्जना गर्न नसक्दा एपीएफ गोल गर्नबाट चुकेको थियो । १–० ले पछि परेपछि आक्रामक देखिएपनि एपीएफको खेलमा फर्कने धोको पुरा भएन । हारस‘गै लगातार चौथो पटक उपाधि जित्ने एपीएफको सपना चकनाचुर भयो । उपाधिस‘गै पुलिसले ३ लाख रुपै‘या हात पार्दा एपीएफ १ लाख ५० हजारमै चित्त बुझाउन बाध्य बनेको छ । फाइनलमा आत्मघाति गोल गरेकी सजना राना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
एपीएफलाई फाइनलमा ल्याउने क्रममा उनले सेमिफाइनलमा कैलाली विरुद्ध एक्लैले ६ गोल गरेकी थिइन् । उनले प्रतियोगिता अवधिभर सर्वाधिक १६ गोल गरेकी थिइन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल कैलाली र नेपाल आर्मीले नगद ५०–५० हजार हात पारे । नवलपरासी र हेटौंडामा संयुक्त रुपमा संचालित प्रतियोगितामा २५ जिल्ला र ३ विभागीयसहित २८ टिम सहभागि थिए ।

प्रतिक्रिया