‘एक गाउ एक उत्पादन डेरी’

बनेपा : काभ्रेमा एक गाउँ एक डेरी कार्यक्रम बिहिबार देखि सुरु भएको छ ।

कार्यक्रम कार्यान्वयन समितिले कुशादेवीमा कृषक भेलाको आयोजना गरी परियोजनाको रुपमा पाँच वर्षका लागि कार्यक्रम सुरुभएको जनाएको छ ।
कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दियशरत्न शाक्यले ९० किलोग्राम घाँसको बीउ ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण हुने जानकारी दिँदै किसानले उत्पादनअनुसारको प्रतिफल नपाएकाले कृषक मारमा परेको बताए । पशुसेवा कार्यालय काभ्रेका वरिष्ठ पशु विकास अधिकृत डा. सम्झना काफ्लेले काभ्रेमा गाईको नश्ल गुणस्तरिय नभएको उल्लेख गर्दै पशु उत्पादनका लागि हरियो घाँसको उत्पादन आवश्यक भएको र त्यसले गुणस्तररिय दुग्ध उत्पादनमा सहयोग पुर्‍याउने बताइन ।
कृषि विकास कार्यालय काभ्रेका वरिष्ठ कृषि अधिकृत सहदेव हुमागार्इंले दूधको बेचबिखनलाई विविधिकरणमा जोड दिँदै पशु, कृषि र वनको एकीकृत कार्यक्रमलाईसमेत कुशादेवीमा जोड दिइने बताए । काभ्रेको कुल दुई लाख लिटर दूध उत्पादन हुने गर्छ तर त्यसको पााच प्रतिशत काभ्रेले मात्रै धानेको स्थानीय कृषक बताउन छन् । कुशादेवीबाट झन्डै १२ हजार लिटर दूध दैनिक उत्पादन हुन्छ । सो परियोजनाका लागि रु १३ लाख बजेट विनियोजन भएको छ । (सौस)

प्रतिक्रिया