तिहारै आयो.. लौ झिलीमिली

Kukur Tiharकाठमाडौं : हिन्दु नेपालीको दोस्रो महान चाड शुभदिपावली अर्थात् तिहार शुक्रबारबाट सुरु भएको छ । पाँच दिन (कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म) मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
दिपावलीको पहिलो दिन हिन्दु नेपालीहरूले शुक्रबार कागको पूजा गरे । संदेश दिने चलाख पंक्षीको रूपमा कागलाई लिने गरिन्छ । मानव हितको पक्षमा उभिने पंक्षीलाई पुज्ने मान्यताअनुसार यो दिन कागको पूजा गर्ने परम्परा रहिआएको छ । तिहारको दोस्रो दिन कुकुरको पूजा गर्ने चलन रहिआएको छ । तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा गर्ने परम्परा छ । दीपावली, चौथो दिन गोवर्धन र गोरूपूजा गर्ने प्रचलन छ । तिहारको अन्तिम दिन भाइटीका गर्ने चलन रहिआएको छ ।
यसवर्ष भाइटीकाको साइत कात्तिक १९ गते बिहान ११ बजेर २७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यद्यपि सो दिन दिनैभरि टीका लगाउन उपयुक्त हुने निष्कर्ष समितिको छ । (सौस)

प्रतिक्रिया