भयरहित वातावरणमा निर्वाचन गराउन सरकार कटिबद्ध

काठमाडौं, १६ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताएका छन् । शुक्रबार राजधानीमा पत्रकारहरुसाग कुराकानी गर्दै मन्त्री श्रेष्ठले निर्वाचन प्रचार प्रसारमा लाग्ने राजनीतिक दल र नेतालाई चुनावी अभियानका क्रममा कुनै अवरोधका समस्या झेल्नुपरे स्थानीय प्रहरी र प्रशासनको सहयोग लिएर शान्ति सुरक्षाको प्रत्याभूति लिन आग्रह गरे ।

उनले शान्तिपूर्ण विरोध र बहिष्कार गर्न पाउने अधिकार भए पनि स्वतन्त्ररुपमा हिाडडुल गर्न पाउने र मतदान गर्न पाउने नागरिकको मौलिक हकलाई कसैले हनन गर्न नहुने बताए । उनले केही तत्वले उम्मेदवारका गाडी जलाउने र निर्वाचन सामग्री च्यात्ने कार्य गरेको प्रति दु:ख प्रकट गरे ।
समाजमा अराजक गतिविधि र हिंसा फैलाउन खोज्ने जो कोहीलाई पनि कानुन बमोजिम कार्वाही गरिने बताउादै उनले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन दल, नागरिक समाज, बुद्धिजीवी र समाजका हरेका वर्गलाई आग्रह गरे । उनले सरकारले निर्वाचन आयोगको आचारसंहितालाई पूर्णरुपमा पालना गर्ने बताउादै सबै दल र सरोकार भएकाहरुले पनि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । राजनीतिक स्थायित्व र दिगो शान्तिबाट मात्र पर्यटन विकास सम्भव रहेकाले पर्यटन व्यवसायीलाई निर्वाचन सफल पार्न आ आफ्नो क्षेत्रबाट कार्य गर्न आग्रह गरे । उनले निर्वाचनको लागि सबै तयारी पूरा भइसकेको बताए ।

प्रतिक्रिया