नेकपा–माओवादीद्वारा दैलेख बन्द आह्वान

Dailekha Bazar

दैलेख

दैलेख, १५ कात्तिक । नेकपा–माओवादीले दुई दिने दैलेख बन्द आह्वान गरेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल चुनावी कार्यक्रममा सहभागी हुन आउने भए पछि बिरोधमा नेकपा–माओवादीले आज (शुक्रबार) जिल्ला बन्द गरेको हो ।

बन्दका कारण दैलेख बजार सुनसान बनेको छ । दैलेखबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बन्द शनिबार पनि रहने छ ।

नेकपा–माओवादी दैलेखका ईन्चार्ज रामलाल विकले एमाओवादीका अध्यक्ष दाहालका बिरुद्ध बन्द आह्वान गरिएको बताए । उनले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाई माग पनि गरेका छन् ।

प्रतिक्रिया