काठमाडौंको विस्तारित सडक मंसिर मसान्तसम्मको लक्ष्य निर्धारण

काठमाडौं, १५ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले काठमाडौंमा विस्तारित सडक निर्माणको कामलाई तिव्रता दिन सम्बद्ध मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारीहरुलाई निर्देश दिएका छन् । निर्देशन अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं काठमाडौं विस्तारित सडक अनुगमन उच्चस्तरीय समितिका संयोजक कृष्णहरि वास्कोटाले आगामी मंसिर मसान्तसम्मको निर्माणको लक्ष्य तोकेको छ । सचिव वास्कोटाले हाल तोकिएको लक्ष्य अनुसार मंसिर मसान्तसम्ममा थप करिव १६ कि.मी. सडक कालोपत्रे, ११ कि.मी. सववेश, २२ कि.मी. वेस, करिव ३ कि.मी. टेवा पर्खाल निर्माण, ९ कि.मी. नाली र ५ कि.मी. फुटपाथ निर्माण हुने छ ।

२०७० मंसिर मसान्तसम्ममा काठमाडौं उपत्यका सडक विस्तार आयोजनावाट माईतीघर–तीनकुने सडकमा एक हजार मिटर ग्राभेल, १९ सय मिटर फुटपाथ र दुई हजार एक सय मिटर कालोपत्रे हुने वास्कोटाले बताए । यसरी कालीमाटी–टि.यु.गेट सडकमा ३ सय मिटर ग्राभेल र १२ सय ८० मीटर कालोपत्रे गरिने छ । साथै, लैनचौर–गल्फुटार सडकमा १८ सय मिटर ग्राभेल, ८ सय ५० मी. फुटपाथ र २५ सय मिटर कालोपत्रे गर्ने, गौशाला–शंखमुल सडकमा एक सय मिटर ग्राभेल, एक सय मिटर फुटपाथ र २३ सय मिटर कालोपत्रे गर्ने र माईतीघर–भद्रकाली सडकमा एक सय ५० मीटर ग्राभेल, दुई सय मीटर फुटपाथ र तिन सय कालोपत्रे गरिने जनाएको छ ।
सचिव वास्कोटाका अनुसार २०७० मंसिर मसान्तसम्ममा डिभिजन सडक कार्यालय काठमाडौंले नक्शाल–मित्रपार्क सडकमा ६ सय ४० मीटर कालोपत्रे, पिपलवोट–सुकेधारा सडकमा ९ सय ७५ मीटर सववेश र ६ सय ५० मीटर कालोपत्रे निर्माण, गाइवाच्छापाटी सडकमा ९ सय ४० मीटर वेश र ९ सय ४० मीटर कालोपत्रे, टंकेश्वर–स्वयम्भू सडकमा दुई सय मिटर वेश, २ हजार मीटर फुटपाथ र १४ सय मीटर नाली निर्माण, सामाखूसी सडकमा एक सय मिटर टेवा पर्खाल र २ सय मिटर सववेश निर्माण, भगवानपाउ–वनस्थली सडकमा एक हजार मिटर सववेश, ७ सय मिटर ह्यूम पाईप, ३ सय मिटर नाली निर्माण गर्ने र छिन्नलता सडकमा ३ सय ६० मीटर कालोपत्रे गर्ने गरी लक्ष्य तोकिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले २०७० मंसिर मसान्तसम्ममा कौशलटार–वालकोट विरुवा सडकमा दुई सय मिटर फुटपाथ र २ सय मिटर कालोपत्रे, लोकन्थली राम मन्दिर सडकमा एक सय ८० मीटर हयूम पाईप, ठिमी शंखघर चोकदेखि वालकुमारी सडकमा एक सय मीटर कालोपत्रे र सानोठिमी–खाप्ला मिलरोडमा एक सय मिटर टेवा पर्खाल लगाउने गरी लक्ष्य निर्धारण गरीएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाले प्रयाग मार्गमा ८ आठ सय मिटर कालोपत्रे तयार गर्ने, जनसेवा मार्गदेखि चख्खुमार्गसम्म दुइ हजार मिटर वेस कोर्स सम्पन्न गर्ने र कैलाशमार्ग, नमूनामार्ग, नयाा वस्ती र लाम्टागिन मार्गमा १८ सय मिटर ग्राभेल गर्ने लक्ष्य तोकिएको कुरा सचिव वास्कोटाले वताए । उनका अनुसार यस अवधिमा नेपाल विद्युत प्राधिकरणले देवीमार्ग–सानो गौरचरण, आनन्द भैरवमार्ग–ज्ञानेश्वर, साझा वस्तीमार्ग–वानेश्वर, रुद्रनगरमार्ग–वानेश्वर, सुविधामार्ग–सामुदायिक मार्ग, गौशाला तिलगंगा, चण्डोल–टुडालदेवी, लामटाङ्गी, जगदम्वा टावर–नोकोसेरा र एस. ओ.एस. वालग्राम सडकमा रहको विद्युतीय संरचना स्थान्तरण गर्ने काम सम्पन्न गर्नेछ भन, विद्युत प्राधिकरणसागै नेपाल टेलिकमले पनि पोल गाड्ने र तार तान्ने काम गर्ने गरी लक्ष्य तोकिएको छ ।
२०७० मंसिरसम्ममा वागमती सभ्यता एकिकृत विकास समितिले सिनामंगल–मिनभवन खण्डमा ३ सय मिटर ढल विच्छाउने र मिनभवनसम्म वागमती नदीलाई ढलरहित तुल्याउने लक्ष्य तोकिएको छ । यसैगरी सचिव वास्कोटाका अनुसार यस अवधिमा तिलगंगा–सिनामंगल सडक दुइ हजार कालोपत्रे गर्ने र जोरपाटी–गुहेश्वरी खण्डमा चार हजार मिटर सडकको वेशकोर्श निर्माण गर्ने गरी वागमती सभ्यता एकीकृत विकास समितिको लक्ष्य तोकिएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत काठमाडौं जिल्ला आयुक्तले ६ किमि र ललितपुर जिल्ला आयुक्तले थप १.५ किमि सडक विस्तार गर्नेछन् भने सडक निर्माणको क्रममा आईपर्ने अवरोध हटाउने गरी लक्ष्य तोकिएको छ । यसैगरी केयूकेएलले विभिन्न ९ स्थानको लिक मर्मत गर्ने लक्ष्य तोकिएको जनाएको छ । काठमाडौंमा विस्तारित सडक निर्माणको कार्य ढिलाई भयो भनी चौतर्फी आवाज उठी रहेकोले यस्तो काममा लापरवाही गर्ने निर्माण व्यवसायीसाग हर्जना लिने, ठेक्का तोड्ने र कालो सूचिमा राख्न आनेकानी गर्ने राष्ट्रसेवक कर्मचारी नै दण्डित हुन तयार हुनुपर्ने कुरा बास्कोटाले बताए । सडक निर्माण गर्न पहिला पुराना संरचना भत्काउनु पर्ने, त्यस्मा माटो सम्याउनु पर्ने, दााया–वााया पेटी निर्माण गर्नु पर्ने, ढल र नाली निर्माण गर्नु पर्ने, टेलिफोन र विजुलीका पोल र तार सार्नु पर्ने, ग्राभेल गर्नु पर्ने, तव मात्रै कालोपत्रे गर्नुपर्ने भएकाले वढी समय लाग्ने भए पनि आम जनताले कालोपत्रे भएपछि मात्रै सडक निर्माण भएको ठान्नु स्वभाविकै भएकाले कामलाई तिव्रता दिन पनि आग्रह गरे । यस सडक निर्माणमा वजेटको अभाव नभएको र कुनै पनि प्रकारको समन्वय र सहयोग आवश्यक गरे प्रधानमन्त्री कार्यालय अग्रपंत्तीमा रहेकाले निर्माणको काममा खटिएका इन्जिनियरहरुले पूर्ण आत्म विश्वासका साथ तोकिएको समयमा काम गर्न आग्रह गरे ।

प्रतिक्रिया