“प्रधानमन्त्री बनेर देखाइदिन्छु”

Vijaya gachhedar 3काठमाडौं, १५ कात्तिक । मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफू यो देशको प्रधानमन्त्री बनी छाड्ने घोषणा गरेका छन् ।

कैलालीमा पार्टीका कार्यकर्तासँग विहिवार भेटघाट गर्दै गच्छदारले तीन दल देश चलाउन असफल भइसकेकोले अब मुलुकको नेतृत्व मधेसी पार्टीले गर्ने दावी गरे । तीन ठूला दलले पटक–पटक सरकार गठन गरेर केहीगर्न सकेनन् ।’ गच्छदारले भने, ‘यिनीहरुले देशको नेतृत्व गर्ने नैतिक जिम्मेवारी गुमाईसकेकाले अबको नेतृत्व नयाँ शक्तिले गर्ने निश्चित छ । आगामी संविधान सभाको चुनावमा कुनैपनि पार्टीको बहुमतन आउन पनि गच्छदारले अनुमान गरे ।
संविधान सभाको चुनावपछि आफ्नो पार्टी निर्णायक तहमा पुग्ने बताउँदै उनले भने, ‘विजयकुमार गच्छदार एकदिन यो देशको प्रधानमन्त्र बनेरै देखाउछ । तीन ठूला दलले देश बिगारेको आरोप लगाउँदै उनले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि मात्रै मुलुकले निकास पाउने बताए ।
उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका गच्छदारले नयाँ संविधान र दीगो शान्तिका लागि चुनाव मात्रै विकल्प रहेको उल्लेख गरे। भोट माग्न कार्यकर्तासंगै थारु बस्तीमा पुगेका अध्यक्ष गच्छदारले आफ्नो पार्टीले तराईको चितवनदेखि कञ्चनपुरसम्म थरुहट स्वायत्त:प्रदेश र पूर्वतिर मधेश स्वायत्त:प्रदेशको प्रस्ताव अगाडी सारेको दावी गरे ।

प्रतिक्रिया