अध्यक्ष दाहालसँग स्पष्टिकरण : आयोग

Elecatation Commisationकाठमाडौं, १४ कात्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत हेलिकोप्टर प्रयोग गरेको भन्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग प्रष्टिकरण सोध्ने निर्णय गरेको छ ।

काठमाडौंको कान्तिपथस्थित कार्यालयमा आज (बिहीबार) बसेको आयोगको बैठकले आचार संहिता विपरीत चुनाव प्रचारमा हेलिकोप्टर चार्टर गरेका विषयमा प्रष्टिकरण सोध्ने निर्णय गरेको हो ।

आचारसंहिता उलंघनका विषयमा ध्यान नदिएको भन्दै आयोगको विरोध हुँदै आएको थियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आयोगको पूर्वस्वीकृति विना सवारी साधन जाने छोटो दुरीमा पनि हेलिकप्टार चार्टर गरेर चुनावी सभामा पुगे पछि आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

एमाओवादी अध्यक्ष दाहालले बुधबार काभ्रेको पाँचखाल र दोलखाको चरीकोटका चुनावी सभा सम्बोधन गर्न महँगोमा हेलिकप्टर चार्टर गरेर पुगेका थिए ।

आचार संहिता विपरीत हेलिकप्टर प्रयोग गरेको भन्दै अध्यक्ष दाहालको विरोध भएको थियो ।

प्रतिक्रिया