उत्कृष्ट कृषकहरु पुरस्कृत

काठमाडौं, १४ कात्तिक । तेत्तिसौ विश्व खाद्य दिवसका अवसरमा विश्व खाद्य दिवस समिति नेपालले कृषि तथा पशुपालन व्यवसायमा उत्कृष्ट कार्य गर्ने विभिन्न ३३ विधाका १ सय ७ कृषक तथा संस्थालाई पुरस्कृत गरेको छ ।

कृषि मन्त्री टेकबहादुर थापा घर्तील बुधबार आयोजित कार्यक्रममा धान गहु, मकै, आलु, फलफूल, बीउ krisima-bikashउत्पादन तथा माछा, गाई, साढेपालन, मासु व्यवसायलगायतका विधामा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुनेलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रमममा प्रथम, द्वितीय तृतीय र सान्त्वना हुनेले क्रमश: रु १० हजार, आठ हजार, छ हजार र तीन हजार नगद प्राप्त गरेका छन् । मन्त्री घर्तीले अबको कृषि विकास युवाकै हातमा रहेकाले सरकारले यस वर्ष एक हजार युवा कृषक पहिचान गरी कृषि कार्यक्रम अघि बढाउन लागेको जानकारी दिए ।
कृषि विकासमा ५ प्रतिशत वृद्धि गर्ने सरकारी लक्ष्य पनि युवा कृषकबाटै सम्भव भएको उल्लेख गर्दै मन्त्री थापाले कृषिलाई व्यवसायीकरण गरी युवा लक्षित कार्यक्रममा जोड दिइने वताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले १३ औ पञ्चवर्षीय योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको र कृषिको विकासबाटै हाल २३ दशमलव ८ प्रतिशतमा ओर्लेको गरिबीलाई यस अवधिमा १८ प्रतिशतमा झार्ने लक्ष्य रहेको वताए । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रको विकासका लागि विमा योजना, युवा लक्षित कार्यक्रम, उत्कृष्ठ कृषकलाई राष्ट्रपतिबाट सम्मान, गाईभौसीको उन्नत नश्लको विकास, प्राङ्गारिक, जैविक खेतीलाई प्राथमिकताजस्ता कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
पुरस्कृत कृषक मकवानपुरका राजकुमार सिवाकोटीले कृषि विकासबाटै राष्ट्रको विकास गर्न सकिने भएकाले विदेश पलायन भएका युवालाई स्वदेशमै आयआर्जनको व्यवस्था मिलाउन नीति ल्याउनुपर्ने आवश्यकता औाल्याए । विश्व खाद्य सङ्गठनले यस वर्ष ‘खाद्य सुरक्षा र पोषणको आधार खाद्य प्रणालीमा दिगो सुधार’ नारा तय गरेको छ ।

प्रतिक्रिया