तरुण दलले सुरक्षा माग्यो

Tarun Dalकाठमाडौं, १४ कात्तिक । संविधानसभाको निर्वाचनका लागी चुनावी अभियानमा रहेका नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुलाई उचित सुरक्षा दिन नेपाल तरुण दलले सरकारसग माग गरेको छ ।

केही दिन यता नेपाली काग्रेसका उम्मेदवार र कार्यकर्ता माथी आक्रमणका घटनामा बृद्धी हुन थालेपछि तरुण दलले सुरक्षा अवस्थाका विषयमा चिन्ता ब्यक्त गरेको हो । बुधबार विज्ञप्ति जारी गर्दै तरुण दलले कांग्रेस सभापति सुशील कोइराला लगायतका उम्मेदवारको सवारी साधनमा भएका आक्रमणको निन्दा गरेको छ । काग्रेस सभापति सुशिल कोइराला लगाएत अन्य दर्जनौ नेताको चुनावी अभियानमा संचालित सवारी साधनमा आगजनी र तोडफोड गर्ने , उम्मेदवार र कार्यकर्ता माथी आक्रमण गर्ने तत्वलाई कडा कारवाही गर्न पनि तरुण दलले माग गरेको छ ।
नेपाली काग्रेसका उम्मेदवारहरुको चुनावी अभियान प्रभावित बनाउन खोजेको आरोप लगाउदै नेपाल तरुण दलले गैर राजनैतिक क्रियाकलाप गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन पनि सरकार सग आग्रह गरेको छ । तरुण दलले स्याङ्जामा भएको प्रहरी हस्तक्षेपको पनि बिरोध गरेको छ । ‘भूमिगत शैलीमा आएका केही हिंस्रक व्यक्तिहरुबाट आक्रमण गर्ने कुप्रयासको घोर निन्दा एवम् भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल तरुण दलले डर, धाक, धम्कीबाट लोकतान्त्रिक अधिकार कुण्ठित गर्न खोज्ने र मुलुकमा अराजकता सृजना गर्ने जो कुनै पनि तत्वलाई कानूनको कठघरामा उभ्याउन माग गरेको छ । लोकतन्त्रको मूल्य मान्यतालाई संरक्षण गर्न तथा राजनेताहरुलाई सुरक्षा प्रदान गर्न पनि तरुण दलले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया