यसरी धनी बन्दै छन् शाहरूख

shahrukh-khan-2मुम्बई : २६ सय ४० करोड सम्पत्ति भएका शाहरूख खान भारतीय धनी मानिसको सूचीमा पर्ने पहिलो फिल्मस्टार हुन् । उनी १ सय १४ नम्बरका धनी मानिसमा पर्छन् ।
शाहरूखले दुबईको एउटा विवाहमा ३० मिनेट नृत्य गरेको आठ करोड भारतीय रूपियाँ लिएका थिए । यसको मतलव उनले एक मिनेटमा २६ लाख कमाएका थिए । त्यसताका उनी सोही दरको पैसामा मुम्बईको अर्को विवाहमा पनि पुगेका थिए । उनलाई हरेक वर्ष सरदर २ सय ५० विवाहमा निम्ता आउँछ तर उनी दश वटाभन्दा बढीमा जान भ्याउँदैनन् । उनले विवाहमा प्रस्तुति दिएबापत करोडौँ
रकम लिन्छन् ।
उनका केही खेलकुद क्ल्ब पनि छन् । चलचित्रमा अभिनय गरेबापत उनले मोटो रकम पारिश्रमिक पनि लिन्छन् । मुम्बई, लन्डन तथा दुबईमा गरी करिब आठ सय करोड बराबरको अचल सम्पत्ति रहेको छ । उनले बैंकमा पनि उत्तिकै पैसा राख्ने गरेका छन् । रियल स्टेटमा समेत उनले लगानी गरेका छन् । केही कम्पनीमा ब्रान्ड एम्बेसडर तथा विज्ञापनबाट पनि शाहरूखले पैसा आर्जन गर्छन् । (एजेन्सी)

प्रतिक्रिया