चर्चाको केन्द्रमा माधव

Madhav-Nepalकाठमाडौं, १३ कात्तिक । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार रहेको काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा यस क्षेत्रका जनताको घरदैलोमा पुग्न नसकेका कारण पराजित भएको ठहर गर्दै यसपटक एमालेले घरदैलो अभियानलाई तीव्र बनाएको छ ।

वरिष्ठ नेता नेपाल हरेक दिन बिहानदेखि बेलुकीसम्म घरदैलो र भेटघाटमा व्यस्त छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादी नेता लीलामणि पोखरेल र कांग्रेसका तर्फबाट युवा महिला उम्मेदवार प्रतिमा गौतमबीच कडा टक्कर हुने विश्लेषण गरिएको छ । संविधानसभाको पहिलो निर्वाचनमा एमाले नेता नेपाल एमाओवादीका झक्कुप्रसाद सुवेदीसँग पराजित भएका थिए । त्यतिबेला नेता नेपाल १ हजार ५ सय ३३ मतान्तरले पराजित भएका थिए ।
त्यसैले यसपटक आºनो गुमेको साख फर्काउन नेता नेपालले विशेष मिहिनेत गरिरहेका छन् । नेता नेपालले दैनिक १० घन्टाभन्दा बढी घरदैलोमा बिताउने गरेको निजी सहयोगी मोहन गौतमले जानकारी दिए । नेता नेपालले चुनावी अभियानमा अन्य दलका नेताको आलोचना पनि गर्दैनन् । अघिल्लो संविधानसभामा काठमाडांै र रौतहटबाट पराजय व्यहोरे पनि नेता नेपाल समानुपातिकबाट सभासद् हँुदै प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेकपा (माओवादी), कांग्रेसलगायतकै दलको आग्रहमा उनी संविधानसभाको सदस्य बनेका थिए । पछि उनी संवैधानिक समितिको सभापति र प्रधानमन्त्रीसमेत बने । पार्टीभित्र इमानदार र स्वच्छ छवि बनाएका नेपाल पार्टीबाहिर पनि क्षमतावान नेता मानिन्छन् ।
माओवादीलाई शान्तिप्रक्रियामा सहभागी गराउन नेता नेपालको पनि भूमिका महत्त्वपूर्ण थियो । क्षेत्र नं.२ अन्तर्गत ३५ नम्बर वडाका स्थायी बासिन्दासमेत रहेका नेता नेपाल यसपटक आफू विजयी हुनेमा आशावादी छन् । आफूसँग मुलुकको नेतृत्व गर्न सक्ने क्षमता भएको, इमानदार र देशभक्त नागरिक भएको नाताले जनताले विजयी गराउने दाबी नेता नेपालको छ । जनताको समस्यालाई सम्बोधन गर्नसक्ने क्षमता भएकाले पनि आफू सो क्षेत्रको पहिलो रोजाइ भएको नेता नेपालको दाबी छ । काठमाडौं–२ मा नेता नेपालको पक्षमा जनमत राम्रै बन्दै गएको स्थानीय मतदाता बताउँछन् ।
एमाओवादीले यसपटक सो क्षेत्रबाट लीलामणि पोखरेललाई मैदानमा उतारेको छ । एमाओवादीका पूर्व स्थायी समिति सदस्य पोखरेल अघिल्लो संविधानसभा निर्वाचनमा सिन्धुलीबाट पराजित भएका थिए । एमाओवादीसँग एकीकरण हुनुअघि उनी जनमोर्चा नेपालका उपाध्यक्ष थिए । नेता पोखरेल संविधानसभाको सुनिश्चितता र आर्थिक संमृद्धिको एजेन्डा बोकेर क्षेत्र नम्बर २ मा घरदैलो गर्नमा व्यस्त छन् । आºनो दलसँग प्रस्ट एजेन्डा भएकाले आफूलाई उक्त क्षेत्रका जनताले आफूलाई ताउनेमा नेता पोखरेल ढुक्क छन् ।
यता, कांग्रेसले उक्त क्षेत्रबाट प्रतिमा गौतमलाई चुनावी मैदानमा उतारेको छ । नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्रीसमेत बनेकी गौतम पद्मकन्या बहुमुखी क्याम्पस बागबजारकी पूर्वसभापति पनि हुन् । गौतम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कामपा– ९ कि स्थानीय बासिन्दा हुन् । स्थानीय भएकाले र युवा उम्मेदवार भएका कारण सो क्षेत्रका जनताले आफूलाई रोज्नेमा गौतम पनि विश्वस्त छिन् । पटक–पटक यस क्षेत्रबाट विजयी भएका अन्य दलका नेता महत्वपूर्ण स्थानमा पुगेर पनि स्थानीय विकासमा केही गर्न नसकेको आरोप गौतमको छ । स्थानीय विकासका लागि पनि आºनो उम्मेदवारी भएकाले उक्त क्षेत्रबाट जित्ने गौतमको दाबी छ । सो क्षेत्रमा एमाले, एमाओवादी र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । तैपनि, चुनावी मैदानमा ३३ दल छन् । त्यससँगै १३ स्वतन्त्र उम्मेदवार पनि यो चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया