‘जनताको अपेक्षा आगामी संविधानसभाले पूरा गर्छ’

काठमाडौं, १३ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले अपेक्षा गरेको परिवर्तन प्राप्त गर्न आगामी संविधानसभा सफल हुने विश्वास व्यक्त गरेका छन् । एमाओवादी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले बानेश्वरमा मंगलबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनता सधँै परिवर्तनको पक्षमा रहेको र त्यो परिवर्तनको सपना आगामी निर्वाचनले पूरा गर्ने बताए ।

नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधानसभा निर्वाचनमा सक्रिय सहभागिताका लागि पनि अध्यक्ष प्रचण्डले सम्पूर्ण देशवासीसँग आग्रह गरेका छन् । मुलुकभर निर्वाचनको माहोल तीव्र रूपमा अगाडि बढेको चर्चा गर्दै उनले परिवर्तनको प्रवाहलाई रोक्न खोज्नेहरू इतिहासको पानामा सीमित हुने जिकिर गरे ।
मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जरुरत रहेकोमा जोड दिँदै उनले भने, ‘राजनीतिक संक्रमणको अन्त्य गरेर आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने महत्वपूर्ण अवसर निर्वाचन हो, यसलाई जसरी भए पनि पूरा गर्नुपर्छ ।’ नेपाली जनताको सपनासँग जोडिएको निर्वाचनलाई सफल बनाउन कोही कसैसँग पनि सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको भन्दै प्रचण्डले राष्ट्रिय एकता र स्थिरताका लागि आºनो पार्टीलाई मतदान गर्न पनि आग्रह गरे । अघिल्लो संविधानसभाबाट आºनो पार्टी ठूलो दल भए पनि रूख चढाएर फेद ढाल्नेको फेला परेका कारण जनताको पक्षमा काम गर्न नसकिएको र आगामी निर्वाचनबाट नेपाली जनताले आºनो पार्टीलाई पूर्ण बहुमत दिलाउने विश्वास उनले व्यक्त गरे ।
जसको नीति उसैको नेतृत्व लागू गर्नका लागि एमाओवादीलाई मतदान गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले आºनो पार्टीको पूर्ण बहुमत र परिवर्तनकारी शक्तिको दुईतिहाइ मत प्राप्त भए मात्र नेपाली जनताको चाहना पूरा गर्न सकिने र जनपक्षीय संविधान बन्ने दाबी गरे । कार्यक्रममा सो क्षेत्रका उम्मेदवार रेणु दाहालले जनताको चाहनालाई सम्मान गर्न आफू यस क्षेत्रमा उम्मेदवार भएको बताइन् ।

प्रतिक्रिया