संघीयता पक्षधरलाई जिताउन चुम्लुङको आह्वान

काठमाडौं, १३ कात्तिक । आदिवासी जनजातिको पक्षमा बोल्दै आएको किरात याक्थुङ चुम्लुङले लिम्बुवान प्राप्तिका निम्ति पहिचानसहितको संघीयता पक्षधरलाई जिताउन आह्वान गरेको छ । झन्डै दुई दशकदेखि लिम्बू जातिको हकअधिकारका लागि भन्दै क्रियाशील रहेको चुम्लुङले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आºनो धारणा सार्वजनिक गरेको हो ।

चुम्लुङकी महासचिव लीला लिम्बूले आफूहरू सधैँ लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र विधिको शासनको पक्षमा रहेको जिकिर गरिन् । पत्रकार सम्मेलनमा चुम्लुङले नेकपा–माओवादी नेतृत्वको ३३ दललाई पनि निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
विरोधी शक्ति चुनावमा सहभागी हुने अवस्था नआए जनताले नयाँ संविधान फेरि पनि पाउन नसक्ने आशंका लिम्बूको छ । ‘नयाँ संविधान बने पनि पहिचानसहितको संघीयता, लिम्बुवान र नेपालका आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, मधेसलगायत पक्षमा संविधान आउने कि नआउने भन्नेबारे आशंका छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया