सल्यान, १२ कात्तिक । सल्यान जिल्लाको कपुरकोटमा अरिङ्गालको टोकाइबाट दुई जना विद्यार्थी घाईते भएका छन् ।
अरिङ्गालले विद्यार्थीलाई टोकेर विरामी बनाए पछि एक दिनका लागि विद्यालय बन्द गरिएको छ ।
कालिका मावि कपुरकोटमा आज (मंगलबार) विहान प्रार्थनाका समयमा लाइनमा बसेका बेला अरिङ्गालले विद्यार्थीलाई टोकेको विद्यालयले जनाएको छ ।
अरिङ्गालको टोकाईबाट कक्षा–९ मा अध्यनरत छात्रा मनीषा पुन र कक्षा–१० मा अध्ययनरत डीला बुढा घाईते भएका हुन् ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भएको छ ।
विद्यालय नजिकै रहेको अरिङ्गालको पोको विच्किए पछि विद्यार्थीलाई टोकेको शिक्षक चुडामणि केसीले जानकारी दिए ।
प्रतिक्रिया