जीवनको सबैभन्दा ढोंगी नाता विवाह : महानायक

rajesh-hamal-in-literature-काठमाडौं : नेपाली सिने जगत्का सुपरस्टार राजेश हमाल जब सार्वजनिक कार्यक्रममा सहभागि हुन्छन्, तब उनलाई धेरैले विवाहका बारेमा जिज्ञासा राख्छन् । नहोस् पनि किन ? उमेरमा पाँच दशक पूरा गर्न लाग्दासमेत अविवाहित छन्, सुपर स्टार हमाल । त्यसैले पनि उनलाई अहिलेसम्म सोधिएको प्रश्न पनि विवाहकै बारेमा होला ।
सुपरस्टार हमालले सोमबार पनि विवाहकै बारेमा एक कार्यक्रममा आफ्नो धारणा राखे । राधानीमा जारी एनसेल लिट्रेचर फेस्टिभलमा अभिनेता हमालले विवाहबारे धारणा व्यक्त गरेका हुन् । अभिनेता हमालले विवाहलाई मानव जीवनको सबैभन्दा ढोंगी नाता रहेको बताएका छन् । प्रेमिका मुध भट्टराईसँग विहेको तयारी गर्दै गरेका अभिनेता हमालले विवाह बारे भने, ‘विवाहले सँगै दुई जना एकसाथ बस भन्छ । जीवनभर कोही पनि सँगै बस्न सम्भव छैन । जीवनभर एक जनासँग मात्रै बस्ने भन्ने कुरा प्राक्टिकल छैन । त्यसकारण जीवनको सबैभन्दा ढोंगी नाता भनेकै विवाह हो ।’
करिब एक घन्टा जसो चलेको अन्र्तक्रिया कार्यक्रममा अभिनेता हमालले आफू सानैदेखि सेल्फ सेन्टर्ड रहेकाले सुरुमा कम बोल्ने गरेको समेत बताए । उनले भने, ‘म सानैदेखि आफ्नो निर्णय आफैँ लिन्थेँ । फिल्म क्षेत्रमा सुरुमा मलाई राजेश हमाल बोल्दैन भनियो । त्यो मेरो सानैदेखीको स्वभाव थियो ।’
फेस्टिभलमा अभिनेता हमालले फिल्म क्षेत्र पहिलाको जस्तो नरहेको समेत तर्क गरे । एनसेल लिट्रेचरको चौथो दिन अभिनेता हमालसँगको अन्र्तक्रियामा रंगकर्मी तथा फिल्म निर्देशक अनुप गराल मिडियटरका रूपमा थिए । वर्षेनी आयोजना हुँदै आएको अन्तक्र्रियामा साहित्यलगायतका विविध क्षेत्रमा अग्रणी व्यक्तित्वसँग छलफल तथा अन्तक्र्रिया गरिएको थियो । (सौस)

प्रतिक्रिया