५६ करोड ५८ लाख खर्च भइसक्यो : आयोग

Elecatation Commisationकाठमाडौं, १२ कात्तिक । मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनका लागि असोज मसान्तसम्ममा करिब ५६ करोड ५८ लाख रुपियाँ खर्च भइसकेको निर्वाचन आयोगले जनाएको छ । तालिम प्रयोजनका लागि मात्रै २३ करोड रुपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोग अन्तर्गतको निर्वाचन शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाका अनुसार निर्वाचनका लागि करिब तीन लाख जनशक्तिलाई तालिम आवश्यक पर्दछ । आयोगका प्रवक्ता वीरबहादुर राइका अनुसार तालिम सामग्री उत्पादन, निर्देशिका तयारी र छपाइका लागि रु २५ लाख खर्च भएको छ ।
निर्वाचन प्रयोजनका लागि शान्तिकोषमा रु सात अर्ब ७५ करोड राखिएको छ । जसमा नेपालको आर्थिक एवम् सामाजिक क्षेत्रको विकासका सहयोग पुर्‍याइराखेका विभिन्न दातृ निकायबाट रु चार अर्ब ७५ करोड र नेपाल सरकारबाट रु चार अर्ब राखिएको छ । निर्वाचनको सूचना प्रशासरणमा तीन करोड ७८ लाख रुपियाँ, उपकरण तथा निर्वाचन सामग्री खरिदमा ६ करोड ५७ लाख खर्च भैसकेको अयोगका प्रवक्ता राईले जानकारी दिए ।
आयोगले निर्वाचनका सूचना आयोगमा चाडो भन्दा चाडो प्राप्त होस् भन्ने उदेश्यले २ सय ४० वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्नेछ । जिल्ला निर्वाचन अधिकारीका कार्यालयलाई अत्याधुनिक सूचना सञ्चालमा आबद्ध गरेको छ । निर्वाचनका लागि निर्धारण गरिएका १ हजार १७ मतदानस्थलका गतिविधि भू्–सूचना (जिआइएस)मा आबद्ध गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।
सबै निर्वाचन क्षेत्रमा पेस्कीस्वरुप आठ करोड १८ लाख रुपियाँ र ७५ वटै जिल्ला निर्वाचन अधिकारीको कार्यालयलाई नौ करोड रुपियाँ विनियोजन भएको प्रवक्ता राईले जानकारी दिनुभयो । प्रवक्ता राईका अनुसार मतपत्र छपाइका लागि एक करोड खर्च भइसकेको छ  । प्रवक्ता राईले दिएको जानकारी अनुसार असोज मसान्तसम्ममा विविध शीर्षकमा मात्रै एक करोड ६ लाख रुपियाँ खर्च भएको छ ।

प्रतिक्रिया