दलित उत्पीडितको सहारा एमाले : नेपाल

काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी दलित र उत्पीडित समुदायलाई साहारा दिने पार्टी भएको वताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ अन्र्तगत मुलपानी गाविसमा आयोजित घरदैलो कार्यक्रममा नेपालले दलित र पछाडी पारिएका समुदायलाई एमालेले साहारा दिने बताए । मूलपानी–५ को दलित बस्तीमा आयोजित कार्यक्रममा नेपालले दलित, उत्पीडनमा परेका समुदायलाई साहारा दिन एमाले प्रतिबद्ध भएको बताए । उनले भने, ‘धेरै पार्टीले साहारा दिने गफ गरे होलान्, तर एमाले काम गरेर देखाउने पार्टी हो, दलितका छोराछोरीलाई नि:शुल्क शिक्षा तथा नर्सिङतर्फ नि:शुल्क उच्चशिक्षाको व्यवस्था गर्ने निर्णय मेरै नेतृत्वको सरकारले गरेको हो ।’
आफ््नै नेतृत्वको सरकारले सिरहा र सप्तरीमा तीन हजार दलित परिवारलाई आवासको व्यवस्था गरेको बताए । नेपालले भने ‘दलितलाई अपमान गर्नेलाई दण्डित गरिनेछ, वास्तविकरुपमै दलित समुदायलाई साहारा दिने हामी नै हौ ।’ मतदाता घरदैलो कार्यक्रमअन्तर्गत नेता नेपालले मूलपानीको वडा नं ५, ६ र ९ का मतदातासँग भेटघाट गरेका छन् ।

प्रतिक्रिया