राजनीति नेपाल र नेपालीका लागि

Shivaraj-Bhandariनेपाली राजनीतिमा देखिएको धमिलो पाटो दिल्लीमा जस्तो तालको मादल बज्छ, त्यस्तै तालमा हाम्रा नेता नाच्ने गर्छन् । यस्तो विदेशी बादल नेपाली राजनीतिक मैदानमा मडारिनु वा प्रत्यक्ष प्रभाव पर्नु सरासर गलत हो, मौलिक स्वाधीनता र स्वाभिमानमा आँच ल्याउने कुरा हो । हो, हामी यो यथार्थ स्विकार्न बाध्य छौँ कि हामी छिमेकी राष्ट्र भारतसँग भौगोलिक, राजनीतिक र सांस्कृतिक हिसाबले सदियौँदेखि नजिक र समानान्तर छौँ तर त्यसो भन्दैमा हामी भारतको हेपाई, बल मिच्याइ अनि राजनीतिको प्रत्यक्ष निगरानीमा चल्नु मनासिव हुँदैन । त्यसो गर्दा हाम्रो आफ्नो राष्ट्रिय अखण्डता र सार्वभौमिकतामा नराम्रो धक्का पुग्न सक्छ । यस्ता संवेदनशील पक्षलाई आजका हाम्रा नेता र बुद्धिजीवीले निकै गहन तरिकाले विचार गर्नुपर्ने देखिन्छ । यसमा हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले दूरदर्शी हिसाबले दिनुभएको अभिव्यक्ति वा वाणी संस्मरण गर्दै नीति, व्यवहार अनि सिद्धान्तमा परिपालन गर्नु नितान्त जरुरी देखिन्छ ।

हाम्रा दुईवटै विशाल छिमेकी मित्रराष्ट्र चीन र भारत २१औँ शताब्दीका उदीयामान साम्राज्य हुन् । आर्थिक विकास र वैज्ञानिक रूपले शिखर बिन्दुमा दौडिरहेका अग्रणी राष्ट्रहरूसँग नेपाल र यहाँका राजनीतिकर्मीले तटस्थ नीतिको सिद्धान्त लिनुपर्छ । दुवै मित्रराष्ट्रसँग समदूरी हिसाबमा दौत्य सम्बन्ध वा कूटनीतिक सम्बन्ध कायम राखेर हार्दिक र मैत्रीपूर्ण वातावरणमा चल्नुपर्छ । एउटालाई काखा र अर्कोलाई पाखा गर्दा साँढेको जुधाइ र बाच्छाको मिचाइ हुन सक्छ भन्ने कुराको ख्याल राख्नुपर्ने हुन्छ । नेपालमा चुनावको मिति नजिकिँदै गर्दा दिल्लीबाट हाम्रा राजनीतिक नेताहरूलाई एकपछि अर्को भ्रमण निम्तो आयो र प्राय: सबै नेता तीन/चार महिनाअघि नै दिल्ली पुगेर आए । केही महिनापहिले भारतका विदेशमन्त्री सलमान खुर्सिद नेपाल भ्रमणमा आएका थिए, त्यो छोटो भ्रमणमा खुर्सिदले वर्तमान नेपालको वस्तुस्थिति र नेपाली राजनीतिकर्मीको सुझाब र मनस्थिति बुझ्ने चेष्टा गरेका थिए । यसमा मैले भन्न र पोख्न खोजेको विचार के हो भने, यसरी दुई देशका नेता आवत–जावत गर्नु अनि विचारको आदान–प्रदान गर्नु नराम्रो कुरा होइन तर नेपालको राजनीतिक एजेन्डा दिल्लीमा गएर बुझाउने होइन र दिल्लीबाट परिस्कृत बनेर आएको एजेन्डा वा भनौँ अघोषित उद्घोषण नेपाली जनतामाझ ल्याएर परिचालन गर्ने होइन । यस्तो कार्य वा हर्कतले त एउटा औपनिवेशिक राजनीतिक खाका वा ढाँचा भएन र ?
हाम्रा कुनै पनि राजनीतिक हिमायती छिमेकी मित्ररास्ट्र तथा अन्य विदेशी राष्ट्रको प्रभाव, दबाब र कबावमा नाच्न भएन । एउटा स्वतन्त्र राष्ट्र र सर्वोच अस्तित्वमा बाँचेको नेपाल र नेपाली जनताले आफ्नो मौलिक हक, अधिकारलाई सुनिश्चित गर्ने, अग्रगामी विकास र प्रगतिको धारलाई डोर्‍यानउने, जनताले चाहेका देशको हावापानी र माटो सुहाउँदो मौलिक राजनीतिबारे अग्रपंक्तिका नेता र राजनीतिकर्मीले बुझ्नु जरुरी छ । देशको वर्तमान संक्रमणकालीन व्यवस्थालाई एउटा निर्दिष्ट धार वा गतिमा लैजान जनताको मनोभावना बुझेर मात्र हाम्रा राजनीतिकर्मीले पाइला अगाडि बढाउनुपर्ने देखिन्छ । चुनाव आइसक्यो अनि दलका घोषणापत्र पनि आइसकेको अवस्था छ । फेरि नेपाली जनतालाई एकपटक झुक्याउने काम हुँदै छ ।
विदेशीको इशारा र दबाबमा संविधानसभाको चुनाव हुन लागेको होइन, देशमा उत्पन्न राजनीतिक जटिल अवस्था र अन्योलता हटाउन अनि निर्दिष्ट राजनीतिक मार्ग र धार तयार गरी देशलाई निकास र विकासको गतिशीलता प्रदान गर्ने उद्देश्यले यो चुनाव हुन लागेको हो भन्ने कुरा आजका राजनीतिकर्मीले बुझ्नु नितान्त जरुरी देखिन्छ । चुनावमा होमिँदा कसैको हार–जित अवश्य हुन्छ, त्यसलाई स्वाभाविक रूपले लिन सक्नुपर्छ । यो कुरा जनताको मताधिकारमा भर पर्छ, जनताको चाहना र फैसलामा
निर्भर गर्छ ।
सबै पार्टीका नेता र राजनीतिकर्मीले घोषित निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गरी जनताको भावना, विचार, चाहना अनि मूल्यांकनको पूर्ण कदर गर्नुपर्छ । आखिर जुनसुकै पार्टी वा नेता जनताको छनोटमा आए पनि जनताले चाहेजस्तै सबैको मूल उद्देश्य देश र जनताको विकास, प्रगति, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रको समृद्धि र सुनौलो नेपालको परिकल्पना नै हो र हुनुपर्छ । आज देश मृत्यु शय्यामा लम्पसार परेको छ । परिवर्तनका प्रत्येक लहरले देशको मुहारमा खुसी लिएर आउने सपना हरेक परिवर्तनको आगमनसँगै तुहिँदै गएको इतिहास हामीबीच लुकेको छैन । देशको समुल परिवर्तन र देशका जनताले देखेको विकासका सपना निरन्तर छरपस्टिएको छ । देशलाई परिवर्तन गर्छांै भन्दै सपनाको व्यापार गर्ने राजनीतिक दल र नेता बजारमा पुराना खाली सिसीमा विभिन्न रंगका पानी भर्दै औषधि बेच्ने वैद्य भएका छन् ।
देशले प्रजातान्त्र, लोकतन्त्र वा गणतन्त्र प्राप्तिको संघर्षमा दत्तचित्त हुँदै हरेक आन्दोलन सफल बनाएका थिए । तर, ती तन्त्रले जनताको गाँस, बास, कपास, स्वास्थ्य, सुरक्षा र शिक्षा क्षेत्रमा कुनै पनि परिवर्तन ल्याउन सकेन न त जनताको जीवनस्तरमै कुनै सुधार ल्याउन सकेको छ । त्यसैले अब नेपाली जनतामा प्रजातन्त्र, नेता र राजनीतिक दलप्रति नै वितृष्णा पैदा भइसकेको छ । देशले संविधानसभाको प्रस्रव पीडाबाट कुनै संविधान जन्माउन सकेन । हाम्रा राजनीतिक दल र त्यसका नेताका कारण विगत संविधानसभा गर्भमै तुहिन पुगेको छ । देशमा शान्ति र संविधान भन्दा कुर्सी र सत्ताको लुछाचुँडीमै तल्लीन राजनीतिक दलले जनताका भावनाप्रति निरन्तर खेलवाड गर्दै आएका छन् ।
प्रजातन्त्रले निर्दिष्ट गरेका साधारण अधिकार पनि हामीले प्राप्त गर्न सकेका छैनाँै । न हामीले राजनीतिक अधिकार प्राप्त गरेका छाँै न त आर्थिक अधिकार नै † यथार्थमा हामीले नेता र तिनका सन्तानका लागि देशको आर्थिक भण्डारबाट ब्रह्मलुट गर्ने अधिकारसहितको प्रजातन्त्र पाएका हौँ भन्दा गलत हुँदैन । आज पनि नेपालका राजनीतिक दल र नेता शान्ति र संविधानभन्दा सत्ता र कुर्सीका लागि एकआपसमा झगडा गरिरहेका छन् । यो र यस किसिमको चर्तिकला हेर्दा ४ मंसिरमा हुने संविधानसभाको निर्वाचनपछिको अवस्था पनि त्यही नरहला भन्न सकिँदैन । त्यसैले यी राजनीतिक दल र नेताबाट हामीले देशको परिवर्तन हुन्छ भनी सोच्नु दिवास्वप्न मात्र हुनेछ । आज विभिन्न राजनीतिक दल शान्ति र संविधानका लागि आफूहरू नै सबैभन्दा स्पष्ट रहेको बताइरहेका छन् । तर, उनीहरूको रवैया हेर्दा त्यस्तो लाग्दैन । नेपालमा हुने गरेका हरेक आन्दोलन कहिले जनमैत्री हुन सकेन । हरेक आन्दोलनले जनता र उनीहरूको हितविपरीत भएका छन् । चाहे त्यो नेकपा एकीकृत माओवादीले काठमाडौं केन्द्रित आन्दोलन होस्, नेपाली कांग्रेसको नेविसंघद्वारा सञ्चालित आन्दोन होस् वा एमालेको भ्रातृसंगठन प्रजातान्त्रिक युवा संघको आयोजनामा भएको संघर्ष नै किन नहोस् ।
विश्वमा ज्येष्ठ नागरिकको संख्या र स्थिति
अन्तर्राष्ट्रियस्तरमा ज्येष्ठ नागरिकको संख्या र स्थिति व्यक्ति आफँैमा केही हो, समस्या होइन । कुनै एउटा परिवारमा नयाँ बच्चा जन्मनु खुसी र आनन्दको प्रतीक हो । त्यही बच्चा बढ्दै जान्छ अनि परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्छ । तर, जब ऊ वृद्धावस्थामा पुग्छ उसमा विभिन्न कमी—कमजोरीहरू थपिन्छ, बच्चाले जस्तै व्यवहार गर्न थाल्ने अवस्थामा पुग्दछ अन्तत: परिवार, समाज सबैको नजरमा ऊ घृणाको पात्र बन्न पुग्छ ।
विगतमा उच्च मृत्युदर हुँदा वृद्ध जनसंख्या खासै समस्याको रूपमा थिएन तर आज विकसित देशहरूमा न्यून मृत्युदर र उच्च आयुसँगै वृद्ध जनसंख्या ह्वातै बढ्न थालेको छ । विकासोन्मुख देशहरूमा बढ्ने क्रम तीव्र छ । किनकि केही विकासोन्मुख देशहरूले आफ्नो मृत्युदरलाई झण्डै नियन्त्रण गर्न थालिसकेका छन् भने दिनानुदिन आयु बढाइरहेका छन् । आजको यस व्यस्त समाजमा बढ्दो वृद्ध जनसंख्याको व्यवस्थापन अति गहन र महत्त्वपूर्ण कार्य हो । विकसित देशमा त रूपियाँ खर्च गरेर व्यवस्थापनलाई सहज गर्न सजिलो हुन सक्दछ होला तर गरिब र विपन्न देशमा यो कार्य अति जटिल रहेको छ । विश्वमा वृद्ध जनसंख्याको स्थितिसम्बन्धी निश्चित क्षेत्र र उमेर समूहको अनुमानित र प्रक्षेपित जनसंख्यासम्बन्धी विवरण तालिका २.१ मा उल्लेख गरिएको छ ।

तालिका २.१ बाट विश्वमा सन् १९७० मा ६० वर्ष र सो भन्दा माथिको जनसंख्या कुल जनसंख्याको ८ प्रतिशत मात्र रहेकोमा सन् २००० मा १० प्रतिशत र ०२५ मा १५ प्रतिशत हुने अनुमान गरिएको छ भने ०५० सम्म २२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यसैगरी अति विकसित क्षेत्रमा सन् ०२५ मा २८ प्रतिशत र सन् ०५० मा ३३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । उल्लिखित विभिन्न क्षेत्रको तथ्यांकलाई नियाल्दा अति कम विकसित क्षेत्रमा ०५० सम्म त्यस क्षेत्रको कुल जनसंख्या को १२ प्रतिशत मात्र ६० वर्ष र सोभन्दा माथिको जनसंख्या हुने देखिन्छ । युरोपमा ३५ प्रतिशत र एसिया र ओसनियामा २४/२४ प्रतिशत जनसंख्या पुग्ने अनुमान गरिएको छ ।
यथार्थमा ज्येष्ठ नागरिकको जनसंख्या दिनानुदिन बढिरहेको छ । आजको विश्वले जसरी जनसंख्या व्यवथापनका लागि खर्च गरिरहेको छ । निकट भविष्यमा युवाको संख्याको स्थान वृद्धहरूले लिनेछन् । सक्रिय उमेरका युवालाई व्यवस्थापन गर्ने कार्यको तुलनामा आश्रित उमेर समूहका वृद्धहरूलाई व्यवस्थापन गर्नु अति कठिन हुने हुँदा थोरै संख्या हुँदैदेखि व्यवस्थापकीय कार्य गर्नु जरुरी भएकोमा सबै सचेत हुनुपर्छ । त्यसैले परिवार, समाज र राज्यले उनीहरूलाई आश्रित वर्ग भनेर छाड्नु, बेवास्ता गर्नुको सट्टा उनीहरूलाई सक्रिय गराउन र उनीहरूसँगको ज्ञान, सीपलाई उपयोग गर्ने कार्यक्रम उपयुक्त तवरबाट व्यवस्थापन गर्नुपर्छ ।
जनसंख्या अध्ययन केन्द्रीय विभागका विद्यार्थी पौडेलको, ०६८ ले वृद्धवृद्धाले घरमा गर्ने कामबाट प्रतिघन्टा ३१ रूपियाँदेखि ८६ रूपियाँसम्म योगदान गर्न सक्ने पक्षलाई आºनो शोधपत्रमा उल्लेख गरेका छन् । तसर्थ वृद्धवृद्धालाई बेवास्ता होइन सक्रिय गराउने र उनीहरूको अनुभवलाई लिन पहल गरिरहनुपर्छ ।
नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या स्थिति
नेपालमा जनगणना लिने कार्य १९६८ सालमा सुरु भएको थियो । वि.सं. २००९/११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक जनगणना मानिन्छ । वैज्ञानिक जनगणना ७ वटा सम्पन्न भइसकेका छन् । हामी सबैलाई थाहा भएको कुरा हो प्रत्येक १०/१० वर्षमा जनगणना लिने कार्य हुन्छ । नेपालमा वृद्ध जनसंख्याको स्थिति विभिन्न जनगणनामा कसरी रह्यो भन्ने विषयमा क्रमिक रूपमा तल छलफल गरिएको छ ।
वृद्धजनसंख्याको आकार र वृद्धि
वृद्ध जनसंख्याको आकार भन्नाले कुनै निश्चित ठाउँमा निश्चित समयमा बसोबास गर्ने कुल वृद्ध मानिसको संख्यालाई बुझिन्छ भने वृद्धि भन्नाले एउटा समयबाट अर्को समयमा त्यही ठाउँको जनसंख्यामा कति (दर, प्रतिशत) वृद्ध जनसंख्या बढ्यो भन्ने पक्षलाई बुझाउँदछ । उदाहरणको लागि ०५८ सालमा वृद्धको कुल जनसंख्या १५,०४,३११ थियो भने २०६८ मा २१,५४,००३ पुग्यो । उल्लिखित वृद्ध जनसंख्याको वृद्धि दर ३.४५ प्रतिशतको प्रतिवर्ष रह्यो भन्ने कुराले वृद्धिदरलाई बुझाउँदछ । वि.सं. २००९–११ देखि २०६८ सम्मको वृद्ध जनसंख्याको आकार र वृद्धिलाई तालिका २.२ मा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया