दोलखा एमालेमय बन्दै

चरिकोट, ११ कात्तिक । चुनावलाई लक्षित गरी भीमेश्वर नगरपालिकाको हरेक वडा र टोलहरुमा नेकपा एमालेको भेला बैठक र सभाहरु भैरहेका छन् ।

२०६४ सालको स्थानीय निर्वाचनमा बर्चश्व कायम गरेको र संगठनको दृष्टीले अन्य पार्टी भन्दा अगाडि देखिएको नगरभित्र एमालेले यस पटकको चुनावी अभियान तीब्र पारेको छ । अभियानका क्रममा वडा न १ स्थित टुटेपानी (पुरानो बजार) बजारबाट धेरै युवादेखि बृद्धसम्मले कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेको छ । टुटेपानीमा प्रवेशको लहरसँगै वडा नम्बर १ मा एमाले अगाडी भएको निश्कर्ष भीमश्वर नगर कमिटिको छ ।
त्यस्तै एकिकृत नेकपा माओवादी परित्याग गरेर भीमेश्वर नगर पालिका— १० टागनागीवाट ३० जना एमालेमा प्रवेश गरेका छन् । कांग्रेसका कृष्णबहादुर लामा पनि एमाले प्रवेश गरेका छन् ।
एमाओवादीबाट प्रवेश गर्नेमा समाजसेवी भीमबशादुर तमाङ, धोर्जे तमाङ, पूर्णकुमार तमाङ, इश्वर नारायण गुरुङ, सर्य भुजेल, सोमबहादुर तमाङ, धनवहादुर तमाङ, पुर्ण तमाङ, सानु तमाङ, सुजन तमाङ, सरस्वती श्रेष्ठ, फुलमती वराईली, माईली तमाङ, माधव कार्की, विनोद थापा, रामकाजी केसी, कमल श्रेष्ठलगायतका छन् । त्यसैगरी नगरको वडा नम्बर ९ मा रामबहादुर खडकाको संयोजकत्वमा २१ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
। त्यसैगरी वडा नम्बर ११ टाडी टोलबाट कांग्रेस त्यागेर कुमार सत्याल, दिपक सत्याल, भीमप्रसाद लुइटेल, रामप्रसाद सुवेदी, बीरबहादुर भूजेललगायत ११ जना एमाले प्रवेश गरेका छन् ।
११ का समाजसेवीहरु निर्वाचन अभियानलाई निरन्तरता दिनका लागि उखुवारी टोलमा भेलाको आयोजना गरिएको छ । भीमप्रसाद सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष नेकपा एमाले दोलखाका सचिव भरत दुलाल, नगरकमिटि उपाध्यक्ष रत्न केसी, क्षेत्रिय कमिटि सदस्य शिव वस्नेत, वडा इञ्चार्ज सिता दुलाल, वडा सदस्य हरिकृष्ण बस्नेत, अनेरास्ववियु दोलखाका शक्ति पाठकलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्थानिय समाजसेवी विदुर बस्नेत, देउती खत्रीलगायत विभिन्न दलका सक्रिय ६ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । नगरपालिकाको १२ नम्बरस्थित मकैबारीमा अजिव शाहको संयोजकत्वमा ३१ सदस्सिय युथ फोर्स गठन गरेको छ । कृष्णबहादुर कार्की अध्यक्षतामा सम्पन्न कार्यक्रममा युथ फोर्स कमिटि गठन गरिएको हो ।
त्यस्तै ओराङका वराङ गाविसमा चुनावी सभामा एकिकृत नेकपा माओवादी दोलखाका पूर्व जिल्ला कमिटीका सदस्य डोरबहादुर तामाङ्गसहित ३७ जना एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई दोलखा क्षेत्र नम्बर २ का उम्मेदवार आनन्दप्रसाद पोखरेलले पार्टी प्रवेश गराएका थिए । ओराङ एमाले गाँउ कमिटी अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेताहरु डबल पाण्डे, भूवन सिं थापा, धनवहादुर तामाङ्ग, कुमार खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बुलुङका एमाओवादी, कांग्रेस र राप्रपाका गरी ४० जना सक्रिय कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
सभामा राप्रपाका गाउँ कमिटि सभापति चावा लामा, कांग्रेसका धनबहादुर राई, एमाओवादीका लडाकु धनराज तमाङलगायत ४० जनाले एमाले प्रवेशको घोषणा गरेका छन् । एमाले गाँउ कमिटी बुलुङ्गका अध्यक्ष रामजी विश्वकर्माको अध्यक्षतामा भएको चुनावी सभामा युथ फोर्स बुलुङ गाउँ कमिटी संयोजक जगदिश खड्काको संयोजकत्वमा ७१ सदस्यिय युथ फोर्स कमिटी बुलुङ गठन भएको छ । युथफोर्सका सदस्यहरुलाई युवा संघका जिल्ला सचिव अर्जुन थापाले सपथ ग्रहण गराएका थिए ।
त्यसैगरी चिलंखा भएको जनसभामा एकिकृत माओवादीका सक्रिय कार्यकर्ता यमबहादुर तामाङ्ग, सिंहमान तामाङ्ग, सैते तामाङ्ग, पुष्पा तामाङ्ग एमालेमा आएका छन् । कांग्रेसका  निदोर्जे शेर्पा लगायत विभिन्न दलका ५४ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा बोल्दै एमाले गाउँ कमिटि चिलंखाका अध्यक्ष सोना साम्बोले गाविसभित्रबाट एमालेलाई ८० प्रतिशत मत प्राप्त हुने ठोकुवा गरे ।
त्यस्तै कालिञ्चोकका हस्ती मानिने दलबहादुर थामी, पदमबहादुर थामी, झुल्के थामीलगायत ११७ जना एमाओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमालेको तर्फबाट दोलखा क्षेत्र नम्बर २ का उम्मेदवार आनन्दप्रसाद पोखरेलको उपस्थितिमा भएको सभामा ४ सय भन्दा बढी नागरिक सहभागी थिए ।
त्यस्तै एमाओवादी काठमाडौं जिल्ला सदस्य विदुर फुँयाल, जनमुक्ति सेना तेश्रो डिभिजन कमाण्डर रामवहादुर खड्का, जनमुक्ति सेना तेश्रो डिभिजन कमाण्डर रामवहादुर खड्का, कलाकार राज थपलिया, काजी दहाल, राजु भटराई, मोहन दहाल, मिनप्रसाद दहाल, प्रेमप्रसाद खतिवडा, चन्द्रराज खतिवडा, दिपेश भटराई, मिन बहादुर दहाल, हरिवहादुर लामीछाने, विष्णु नेपाली, पेम्वा शेर्पा, सोमदावा शेर्पा, विष्णु नेपाली, सागर तामाङ, कोर्चेन ताामाङ, उदास तामाङ, गैरीमुदी, खिलक वहादुर भण्डारी काव्रे, कर्मागेली शेर्पा एमालेमा प्रवेश गरेका छन् । राप्रपा दोलखाका समानुपातिकमा सिफारिसमा परेका उम्मेदवार मार्बुका समफुर्वा शेर्पा पनि एमाले प्रवेश गरेका हुन् ।
कांग्रेसवाट खारेका रामवहादुर श्रेष्ठ, चंखुका विजुला, काब्रेका कमला लामिछाने र हरीप्रसाद लामिछाने सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य भिमदहालको अध्यक्षतामा भएको सभामा नेकपा एमालेका पोलिटव्युरो सदस्य पशुपति चौलागाईले एमालेको जितलाई कसैले छेक्न नसक्ने बताए । उम्मेदवार पार्वत गुरुङले सभामा एमालेलाई माया गरेर उर्लिएको जनसागर देखेर आफुलाई थप दायित्वबोध भएको बताए ।
जिलू नगरको वडा नम्बर ५ मा पनि एमालेको सक्रियता बढेको छ । फलिन्द्र प्रसाद चौलागाइको अध्यक्षतामा फैसी भई टोलकमिटीको गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मनमाया सुवेदी, सचिव जनक चौलागाई, उपसचिव कविर चौलागाई रहेका छन । प्रचार समितिमा २३ जना सदस्य छन् । निर्वाचन कार्यक्रमका सिलसिलामा शरणकुमार बस्नेतको अध्यक्षतामा कोले घोगेडी टोल कमिटी पनि गठन गरिएको छ । नगरको ७ नम्बर वडास्थित जिलुको पिप्ले टोलमा अध्यक्ष पदमबहादुर बुढाथोकी, उपाध्यक्ष अर्जुन बुढाथोकी, सचिव इश्वर खत्री, उपसचिव रमा बुढाथोकी, कोषध्यक्ष पूर्णबहादुर कार्कीलगायत ४५ सदस्सिय प्रचार समिति गठन गरेको छ । सापकोटा नागस्थान र निवाडी टोलमा इन्द्रप्रसाद सापकोटा, उपाध्यक्ष ललीतबहादुर श्रेष्ठ, सचिव बुद्धीप्रसाद सापकोटा, उपसचिव रिपबहादुर मुग्राती र कोषाध्यक्ष जीतबहादुर बुढाथोकीसहित २५ सदस्सिय प्रचार समिति गठन गरेको छ ।

प्रतिक्रिया