एमालेकै नेताद्धारा उम्मेदवार आलमको हत्या

Ramchandra-Pyasi-Kushbahaवीरगञ्ज, १० कात्तिक । उम्मेदवार महम्मुद आलमको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एमालेका पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा आज (आइतबार) पत्रकार सम्मेलन गरेर पूर्वसभासद् कुशवाहालाई सर्वाजनिक गरिएको हो । कुशवाहासंगै भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवलाई पनि सार्वजनिक गरेको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी दिए । आलमको हत्या गर्ने योजना ६ महिना अघिदेखिको भएको अर्यालयको भनाई छ ।

कुशवाहाको निर्देशनमा बारा क्षेत्र नम्बर चारका एमालेका उम्मेदवार आलमलाई असोज १८ गते परवानीपुरस्थित चसावती नजिकै दुई जनाको समूहले गोली प्रहार गरेको थियो । आलमको उपचारका क्रममा असोज २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हत्यामा पूर्वसभासद् कुशवाहाको संलग्नता रहेको पुष्टि भएपछि नियन्त्रणमा लिएको जनाएको छ ।

बन्जरिया गाविस वडा नम्बर ७ निवासी ५० वर्षीय कुशवाहाले आलमलाई राजनीतिक प्रतिस्प्रधिका रुपमा लिंदै आएका थिए ।

भारतको अलीगढ घर भएका ४२ वर्षीय अतिक खान वीरगन्ज–४, लक्ष्मीटोल ब्यापार गरेर बस्दै आएका छन् । उनी सिभिल इञ्जिनियर पनि हुन् ।

३८ वर्षीय राजु श्रीवास्तव बर्मा भारतमा पत्रकारिता गर्दै आएका छन् । बर्मा रक्सौल–४ निवासी हुन् ।

डीआईजी अर्यालले काठमाडौंको जोरपाटीमा असोज ११ गते भारतीय नागरिक मोहम्मद सुनाहक र एमाले नेता आलममालाई गोली प्रहार गर्ने सुटर एउटै भएको दाबी गरे ।

प्रतिक्रिया