संघर्षमै बित्दै छ मेरो जिन्दगी

Najbul-Khanउदयपुरको देउरीमा जन्मिएकी नजबुल खाँनका लागी अठार वर्षको उमेरसम्म कालो अक्षर भैसी बरावर थियो । वरिपरिका साथीसंगी स्कुल गएको, घर बाहिरको काम गरेको र सरररर साईकलमा हुँइकिएको देख्दा उनलाई पनि रहर लाग्थ्यो । म पनि यसै गरी स्वच्छन्द रुपमा घर बाहिर जान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर धार्मिक र सांस्कृतिक रुपमा कटर मुस्लिम परिवारमा जन्मिएकी उनका लागि सबै रहर रहर मात्र हुन्थें । जुन परिवारमा उनको जन्मभयो त्यो परिवारमा छोरी मान्छेले घर बाहिरको काम र पढाईको बारेमा सोच्न पनि बर्जित थियो । उनले आफ्नो उदेश्य पुरा गर्न धेरै अनुनय बिनय गरीन । तर उनको त्यो पुकार परिवारले सुनेन । तिनै खान आज पूर्बि नेपालमा मात्र हैन मेची महाकालीमा रहेका मुस्लिम महिलाका लागि उदाहरणीय प्रेणा बनेकी छन् । बुर्कामा अनुहार लुकाउनु पर्ने समुदायकी उनी आज जिन्सपाईन्ट, टिसर्ट र स्पोर्टसुज लगाउछिन् । उनको पहिरन र हाउभाउ हेर्दा लाग्छ उनी मुस्लिम परिवारकी छोरी होइनन भन्ने । यहाँ सम्म आउन उनले गरेका संघर्षका दिनहरु यसरी वर्णन गरीन सौर्य दैनिकसंग :
मेरा समकालीन साथीहरु सरररर साइकलमा हुँईकिदै क्याम्पस जान्थेँ । कोही जागिर खान्छु, खाएर यति कमाउँछु भन्दै सुनाउँथे । कोही सिप सिकेर आत्मनिर्भर हुने प्रयास गर्थे । म मुिस्लम परिवारकी छोरी ति सबै अवसरबाट बन्चित थिएँ । रहर गरेर मात्र हुने रहेनछ । परिवारको साथ नपाए पछि रहरलाई मन भित्रै कल्पेर बस्थें, यसै गरी आफ्ना लागि आफैले केही गर्ने दिन मेरो पनि आउल त भनेर । म जहाँ जन्मे हुर्के त्यो समाजका मुिस्लम महिलाहरु बुर्का लागाउदैनन । आमा भाउजुले नलगाएकाले होला मैले आफ्नो अनुहार बुर्कामा लुकाउनु परेन । तर कुर्ता सलवार गलाएर सलले टाउको ढाक्नु पथ्र्यो । आमा, काकी भाउजूहरु जे गर्थे मैले त्यसैको सिको गर्नु पर्ने थियो । जन्मे हुर्कोको समाजलाई खुसी पार्नका लागि ।
एकदिन जे त होला भनेर आँट गरेर मनमा पलाएका रहरहरु बिस्तारै परिवारमा राखें । म पनि स्कुल जान्छु पढेर ठूलो मान्छे हुन्छु भने । मेरो कुरा नसकिदै दाजु रिसले आगो हुनु भयो । उहाँको भनाई थियो –आरमले खाने, घरमा बस्ने, कतै जानु पर्दैन । अब बिहे गरेर श्रीमानको घर जाने उमेर भयो केको स्कुल जाने ? हाम्रो समाजमा घर बाहिरको काम सबै पुरुषले गर्छन । महिला घर बाहिर जान नहुने भन्ने छ । समाजले लादेका त्यस्ता कुरा मलाई पटक्कै मन पर्दैन थियो । लाग्थ्यो –के हामी महिला खाना पकाउन र खान मात्र जन्मेका हौं ? यो प्रश्न मेरो मनमा एक पटक हैन पटक पटक दोहोरिन्थ्यो । अनौठो संस्कार छ । मुिस्लम समाजमा, महिलाले काम गर्नु नपर्ने आरमले खाएर घरमा बस्नु पर्ने । मलाई भने यो संस्कार गलत लाग्थ्यो । शारीरिक रुपमा तन्दुरुस्त भएको मान्छे कोही घर भित्रको काम मात्र गरेर खाने कोहि भने मरिमरी काममा जोतिनु पर्ने † सबै गलत हो भन्ने लाग्न थालेको थियो । महिला भएको कारण टन्न खाएर जनावरले जस्तो बाँधिएर बस्न मेरो मनले मानेको थिएन । सोच्थँे ‘मुस्लीम परिवारमा जन्म लिनुनै मेरो अपराध रहेछ कि के हो ? नत्र मान्छे त सबै मान्छे नै हो, एउटै समाजमा बसेका मान्छेको अधिकार पनि फरक फरक हुन्छर भन्ने लाग्थ्यो । मुस्लिम परिवारको छोरी बुहारीले बाहिरको काम गर्नु नपर्ने । सबै काम बुवा, दाजुले गर्ने, हामी महिला आरमले खाने र बस्ने । अहिले पनि त्यस्तै छ ।
अठार वर्षकी थिएँ । गाउँमा सिर्जना ल्कवले सञ्चालन गरेको प्रौढकक्षा पढन गएँ । परिवामा आउन सक्ने सबै चुनौति स्वीकार गरेर गएकी थिएँ । सोचें जस्ले जे सुकै भनुन पढनु नराम्रो काम हैन भनेर गएँ । म पढन गएको देखेर दाजुले धेरै गाली गर्नु भयो । पढन गए वापत घरमा सबैले मायाँ गर्लान भन्ने लागेको थियो । तर, मैले त पटक पटक दाजुको हातको पिटाई खाएँ । दाजृले पढाई छोडाउन केही बाँकी राख्नु भएन । डर, धम्की, पिटाई सबै खेपेँ । तर, जे गरे पनि म पछि हट्ने वाला थिइन । उहाँले लाल्टीन समेत फुटाएर भन्नु भयो –ल पढ अव कसरी पढ्दी रहिछस् । जहाँ ईच्छा त्यहाँ उपाए भन्ने ठानेर आफ्नो अभियान भने मैले रोकिन । सोचँे घरमा बसेर सबैको अबरोध सहनु भन्दा यो घर नै छाडेर हिड्छु । मेरो मनमा पढेर केही गर्ने भुत सवार भएको थियो । जुन केही गरी रोकीने वाला थिएन । सुनेकी थिए मान्छेले उदेश्य पुरा गर्न परिवारको सहयोग र साथ पाउँछन् भन्ने तर, मैले आफ्नो उदेश्य पुरा गर्न घर छाडनु पर्‍यो । अरु बिकल्प मसंग थिएन । घर छाडेर अरुको घरमा बस्न थाले ।
घरमा बिद्रोह गरेर निस्के पछि झन द:ुख लाग्यो । अरुका बुवा, दाज, छोरी बहिनीलाई लिएर भर्ना गर्न स्कुल कलेज जान्छन् । पढाईमा उत्कृष्ट नतिजा ल्यायोस भनेर टियूसन पढाउछन् । मेरो परिवार भने मैले पढेकोमा यति धेरै द:ुखी छ । कस्तो परिवारमा जन्म लिएछु भनेर धेरै दुख लाग्यो । तर म भने समाजमा केही गरेर देखाउन घर छाडेर निस्केकी थिएँ । मेरा अगाडि जे गरेर हुन्छ पढेर आफ्नो खुट्टमा उभिएर समाजलाई देखाउनु बाहेक अर्को बिकल्प थिएन ।
प्रौढ कक्षामा केही अक्षेर चिने पछि मलाई स्कुल जान मन लाग्यो । ०५५ सालमा स्थानीय जन ज्योति प्राबि देउरीका शिक्षकहरुलाई अग्रह गरँे । मलाई पनि स्कुलमा भर्ना लिनु भनेर । सुरुमा कसैले मानेका थिएनन । अठार वर्षकी केटी, साथमा अभिभावक छैनन् एक्लै स्कुल पढछु भनेर आएको देख्दा बिश्वास गर्न गाह्रो हुनु स्वभाविकै थियो । हाम्रो समाज जहाँ पनि अभिभावक खोज्छ । अझ म त केटि थिए । मैले धेरै बिन्ती गरे पछि मेरो प्रबेश परिक्षा लिएर चार कक्षामा भर्ना गरेँ ।। कक्षामा मेरो उमेरका कोही पनि पढदैन थिए । सबै स–सना भाइबहिनी थिए । उनीहरु संगै पढे । स्कुल गएर पढने रहर त पुरा भयो तर मेरो अगाडि अर्को समस्या आइलाग्यो । मसंग नत बस्ने बास थियो नत पेट भर्ने गाँस नै । पढाई खर्चको ब्यवस्था कसरी गर्ने समस्या पहाड थियो । पढाई खर्च पुरा गर्न र खानाको लागि साँझ बिहान तरकारी बेच्न थाले । सानै देखि फरक काम, फरक पहिचान र फरक पहिरन मन पर्ने मलाई तरकारी बेच्न मन लागेन । तरकारी त गाउँका अरु महिलाले पनि बेच्छन । म पनि यसैमा के रुमलीने भन्ने लाग्यो । फेरी म सधै पुरुषले जस्तै काम गर्न मन पराउथेँ । पढाईबाट बचेको समयमामा टेम्पो चलाउन सिक्न थाले । टेम्पोचलाउन जान्ने भए पछि भाडामा टेम्पोचलाउन थाले । टेम्पो चलाउन भाडामा लिने ब्यवस्था एक्सन एड नेपालले गरीदियो ।
मेरो मनमा जति बेला पनि आँधीबेहरी जस्तै गरी एउटा कुरा मडारी रहन्थ्यो –किन मुस्लिम परिवारको भएर जन्मे हुँला, खै मुिस्लम महिलाको पहिचान भन्ने लाग्थ्यो । त्यही परिवारमा छोरालाई जे गर्न पनि स्वतन्त्रता थियो तर हामी छोरीलाई केही गर्ने अधिकार थिएन । सानै देखि मेरा लागि सबै भन्दा प्यारो चिज स्वतन्त्रता थियो । परिवारको दवाव र समाजको बन्धनबाट सधै उम्कन खोज्थें । तर सजिलो कतै थिएन । सुरु सुरुमा टेम्पो चलाउँदा धेरै जसो यात्रु मेरो टेम्पोमा बस्नै मान्दैन थिए । हेर हेर केटीले टेम्पोचलाएको भन्दै रमीता मानेर हेर्ने धेरै हुन्थें । केटी भएको कारण मेरो ड्रइभिङ्गमा धेरैले शंका गर्थे । कतिले त अगाडि नै भन्थे –यो केटीले टेम्पो कता लगेर पल्टाउँछे † तर मलाई मेरो काम र उदेश्य प्रति पूर्ण विश्वास थियो । नयाँ काम गर्दा चुनौतिसंगै हौसला पनि पाँईदो रहेछ । एकदिन यात्रुको पर्खाइमा थिएँ एकजान अन्जान बुढि आमाले पिठ्यूमा हात राखेर भन्नु भयो –स्यावास † छोरीले चलाएको टेम्पोरहेछ । छोरी मान्छेले पनि गर्नु पर्छ यस्ता काम, राम्रो गरी गर्नु । सोचँे मलाई औंला ठडाउने समाजमा हौसला दिने पनि भेटीदो रहेछ । ती आमाको कुराले ममा झन हौसला बढायो । टेम्पो चलाएर दैनिक तिन सय कमाउँथें ।
मैले टेम्पो चलाएको समाचार फोटो सहित पत्रिकामा छापियो । त्यो समाचार हेरेर दाजुको मन बदलिएछ । उहाँलाई म प्रति गरिएका ब्यवहारले पछुतो लागेछ । आत्मग्लानी मान्दै दाजुले भन्नु भयो –मैले तेरो भावना बुझिन छु, तैले त राम्रो काम गरेकी रहिछस द:ुख नमान, मैले धेरै दुख दिएँ मेरो काममा हौसला थप्दै दाजुले भन्नु भयो –ल भन म तलाई के उपहार दिउँ ? मैले पनि मौकाको फाइदा उठाउदै भने –मलाई मोबाइल दिनु । उहाँ खुसी भएर मोबाइल किनीदिनु भयो । साथै मलाई मोटरसाइकल किन्न आवस्यक पैसा सहयोग गर्नु भयो । मलाई त्यो दिन धेरै खुसी लाग्यो । समय र परिस्थितिसंग जुध्दै मिहेनत गर्ने हो भने सफलता र बिश्वास दुबै पाँइदो रहेछ । तिन वर्ष घर बाहिर बसेर म फेरि परिवारमासंगै बस्न थाले । मलाई हौसला दिनेमा बिराटनगरका राजकुमार त्रिखण्डी र खेमराज उपाध्याय हुन । घरमा पनि आमाले सबैका अगाडि भन्न नसके पनि एक्लै हुदाँ भन्नु हुन्थ्यो –हिम्मत नहार छोरी केही गरेर देखा । सायद आमाको मनमा पनि भित्र भित्रै बिद्रोहको भावना थियो होला त्यही भावना एकान्तमा मसंग ब्यक्त भएको थियो कि भन्ने लाग्छ ।
म सबै कुराको च्यालेन्ज गर्न चाहन्थें । बिस्तारै पहिरनमा परिवर्तन ल्याएँ । कुर्ता सुरुवालको सट्टा जिन्स पाईन्ट, टिसर्ट र स्पोर्ट सुज मेरो पहिरन हुन थाल्यो । समाजका अरु दिदी बहिनीलाई पनि पढनु पर्छ भन्थें, झाउथें । मेरो पहिरन र सक्रियता प्रति धेरैले औला ठडाए । मुसलमानकी छोरी केटा जस्तै लुगा लगाएर हिडछे भन्थेँ । गाउँकी छोरी चेली बिगार्न लागि भन्ने आरोप पनि धेरै खेपँे । कतिपय मान्छेको सोचाई थियो छोरी चेली घर भित्र मात्रै सिमीत हुनु पर्छ भन्ने । त्यस्तो पुरातन मानसिकताले ग्रस्त भएकाका लागि म समाजकी छोरी चेली बिगार्ने भएकी थिएँ । तर, मलाई कुनै आरोपले हतोत्साही बनाउन सकेन । जसले जे भने पनि सही कामका लागि अगाडि बढनु पर्छ भन्ने मन भित्रैबाट प्रण गरेर लागेकी थिएँ । धैर्य र सहासले काम गर्‍यो भने सफलता पाइन्छ भन्थ,े अहिले हो जस्तै लाग्छ । समयको गतिसंगै मेरो कामको सबैले प्रसंसा गर्न थाले । चाहना भयो र मिहेनत गरियो भने सफलता पाँइदो रहेछ । अहिले बेला बेला सोच्छु सफलताले मान्छेलाई पच्छायाउँदो रहेछ ।
सिधासाधा, ‘क’ नजान्ने मैले ०६४ सालमा एसएलसी पास गरेँ । अहिले पनि पढ्दै छु । एक्सन एड नामक सामाजिक संस्थामा आवद्ध सामाजिक कार्यक्रता हुँ । मुसलमान महिलाको बिचार र संस्कार परिवर्तनको अभियानमा छु । हिजो मलाई पढ्दा यातना दिने परिवारको आर्थिक समस्यामा सहयोगी भुमिका खेलेकी छु । मेरो सफलता र समाजले हेर्ने वर्तमान दृष्टीको परिवर्तनले परिवारमा सबै खुसी छन् । पढाई र काम संगसगै चलेको छ । समाजमा रहेको दहेज प्रथाको बिरोधी हुँ । यस बिचमा बिहे गर्न धेरैले सल्लाह दिए तर त्यता तिर मैले सोच्नै भ्याएको छैन । ३२ वर्षकी भए । समाजमा रहेको बिकृितका बिरुद्ध सधै भरि सक्रिय रहेने उदेश्यले लागेकी छु ।
छोरी मान्छेले यस्तो लुगा लगाउनु पर्छ । कपाल यसरी कोर्नु पर्छ भनेको सुन्दा मलाई लाग्थ्यो कस्तो लुगा लगाउने नलगाउने मान्छेको अधिकार हो । लुगा कसैका लागि लगाउने हैन । शरीर ढाक्ने र लगाउँदा स्वयंम ब्यक्तिलाई जस्तो सजिलो र राम्रो लाग्छ उस्तै लगाउने हो । जसको शरीर हो उसैको अधिकार हुनु पर्छ भन्ने लाग्थ्यो । म कसैको आग्रह वा आदेशको पालना गर्नु आफैलाई नबुझनु हो भनेर आफ्नो इच्छामा अगाडि बढे । आज जे गर्छु आफ्नो बिचारले गर्छु । कसैको प्रभावमा परेर आफ्नो बिचार दवाउनु हुदैन भन्ने लाग्छ । खुसी र सफलताको महसुस एसएलसी पास गरे पछि गरँे ।
०६२–०६३ को आन्दोलनमा परिवर्तका लागि सक्रिय भएँ । बैशाख ५ गते गाइघाटमा प्रहरीले चलाएको टियरग्याँस लागेर घाँटीमा समस्या भयो । सबैका लागी आवाज उठाउँन हिडेकी मेरो आवाज धेरैले बुझदैनन् । सरकारले १३ हजार क्षतिपुर्ति दिएको थियो । तर, उपचार गर्दा आफ्नो तिनलाख खर्च भयो । अझै पनि बोली प्रष्ट छैन । नेपालका डाक्टरहरुले भारतको मेदान अस्पतालमा उपचार गराए ठिक हुन्छ भनेका छन् । त्यहाँ गएर उपचार गर्ने आर्थिक हैसीयत मेरो परिवारसंग छैन । त्यसैले कष्टसंग बोल्छु । यो समाज र समाजमा संस्कृतीको नाममा रहेको बिकृति हटाउन जहिले सम्म सक्छु लागि रहने छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया