युवालाई कामको ग्यारेण्टी गर

नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य छन् । आफ्नो मुलुकमा कामको अभाव भएका कारण विदेशिने युवा प्रतिदिन बढ्दै गएका छन् । स्वदेशमा विकास कार्य ठप्प हुनु, भएका कलकारखाना बन्द हँदै जानु, नयाँ उद्योग व्यवसाय स्थापना हुने वातावरण नबन्नु र श्रम बेच्न सक्ने क्षेत्र पनि राजनीतिक हस्तक्षेपले तहसनहस भएकाले युवाले आºनै मुलुकमा रोजगारी पाउने अवस्था छैन । यही कारणले युवा बेरोजगारको संख्या अत्यधिक बढेको छ । उनीहरू रोजगारी चाहन्छन् । तर, रोजगारीको सम्भावना कतै देख्दैनन् । जसले गर्दा कष्ट उठाएर भए पनि विदेशमा श्रम बेच्न जानुपर्ने बाध्यतामा युवा छन् । उनीहरूमा युवा जोश र जाँगरलाई आºनै मुलुकमा सदुपयोग गर्ने वातावरण नबन्दा नेपाललाई ठूलो क्षति भइरहेको छ । यसले भविष्यमा नराम्रो असर पार्ने देखिन्छ । मुलुक निर्माणमा युवाहरूको महत्वपूर्ण योगदान रहनुपर्छ । जुनसुकै राष्ट्रका लागि महत्वपूर्ण सम्पत्ति भने युवाशक्ति नै हो । त्यो शक्तिको सदुपयोग नहुने हो भने राष्ट्र कहिल्यै पनि विकसित बन्दैन । युवाहरूले स्वदेशमै बसेर आºनो श्रम लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ । यदि राज्यले आºनो युवाको श्रमशक्ति आºनै देशमा लगानी गर्न सकेन भने विकास कार्य सफल हुँदैन । यसतर्फ राज्यका सबै पक्षले गम्भीरतापूर्वक सोच्न र सोहीअनुरूप रोजगारीको अवसर सिर्जना गर्ने नीति निर्माण गर्नुपर्छ ।
खाडी मुलुक र मलेसियालगायत मुलुका कडा श्रम बेचेर नेपाली युवाले पठाएको रेमिटेन्समा रमाउने प्रवृत्ति राज्यका निकायमा रहेको पाइन्छ । यो प्रवृत्ति घातक र अदूरदर्शी सोचको उपज हो । तसर्थ राज्यले युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर रोज्ने उपाय खोज्नै पर्छ । युवा पलायनको अवस्था निकै डरलाग्दो छ । चालु आर्थिक वर्षको माघमा मात्र रोजगारीका लागि ३७ हजार चार सय ८१ जना युवा बिदेसिएका छन् । छिमेकी मुलुक भारत पलायन हुने युवाको संख्या निकै ठूलो छ । रोजगारी खोज्न युवा आफ्नो भएको सम्पत्तिसमेत सस्तोमा बेचेर हिँडेका छन् ।
ती युवाबाट अत्यधिक रकम असुल्ने मेनपावरले पनि युवालाई भनेको काम दिलाउन सकेका छैनन् । भनेको काम नपाउने, भनेको ज्याला नपाउने र श्रम भने बढी नै गर्नुपर्ने बाध्यता वैदेशिक रोजगारमा जाने युवाले व्यहोर्नुपरेको छ । चालु आर्थिक वर्षमा मात्र विदेशिने युवाको संख्याको दुई लाख ३७ हजार ६ सय ८६ पुग्नु राष्ट्रका लागि विडम्बना हो । एक वर्षमा लगभग साढे दुई लाख युवा श्रम बेच्न बिदेसिन्छन् भने दुई करोड ७० लाख जनसंख्या भएको मुलुकमा वृद्धवृद्धा र बालबालिका मात्र रहने अवस्था आउनु हो । अहिले नेपालका ग्रामीण क्षेत्र युवाविहीन बन्दै गएका छन् । कतिपय गाउँमा मलामी पनि पाइन छाडेको छ । अब पनि स्वदेशमा रोजगारी सिर्जना गरेर युवालाई रोक्ने काम भएन भने नेपाली समाज र यहाँको अर्थतन्त्र नराम्ररी प्रभावित हुनेछ ।
मुलुकको अस्थिर राजनीति, माओवादी द्वन्द्वले पारेको प्रभाव, दलका नेताहरूको सत्ता लुछाचुँडीमै अल्मलिने प्रवृत्ति र स्थायी सरकार मानिने कर्मचारी तन्त्रको नालायकीका कारण नेपालमा विकास नभएको हो । जसले गर्दा रोजगारी सिर्जना हुने अवस्था नै भएन । यो दु:खद पक्ष हो पटाक्षेप गर्ने सोच भएको नेतृत्व पनि मुलुकले पाएन । यसले गर्दा विदेशमा जस्तोसुकै कष्टपूर्ण काम गर्नुपरे पनि घरखेत बेचेर युवा पलायन हुँदै छन् । दलहरूले सरकारमा रहँदा रोजगारी सिर्जना हुने योजना नबनाउने तर आºनो पार्टीको दस्ताबेजमा भने युवालाई स्वदेशमै रोजगारीमा लगाउने प्रतिबद्धता जनाउने गरेका छन् । जसलई युवाले विश्वास गर्दैनन्, त्यही गफ नेताहरू गर्छन् । जसरी हुन्छ आºना युवालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । यसले मात्र देश विकसित बन्न सक्छ ।

प्रतिक्रिया