फाइदा भए पनि तरकारी खेती घटाउन बाध्य

Tarakari-Khetiबिराटनगर, १० कात्तिक । मोरङ कटहरी ५ का राजकुमार सिंहका चार छोराहरुले तरकारी खेतीबाटै करोडौको सम्पत्ती जोड्न सफल भएका छन ।

उनीहरुका बुवाले कृहि वर्ष अगाडी भारतको समष्टीपुरबाट आएर अर्काको खेत ठेक्का लिई तरकारीखेती शुरु गरेका थिए । उनका चार छोराहरु रामेश्वरसिंह रघुनाथसिंह, अर्जुनसिंह र धर्मलालसिंहले पनि उनको यस तरकारी खेतीलाई निरन्तरता दिए । यस तरकारी खेतीबाट नै उनीहरुले करौडौको सम्पत्ति कमाउन सफल पनि भए । अहिले उनीहरुका सबै दाजुभाईसंग पक्की घर, प्रतिब्यक्ति ८ विगाहा भन्दा बढी खेती, बिभिन्न ठाउमा घडेरी गरेर करिव ५ करोड भन्दा बढीको अचल सम्पत्ति कमाएका छन् । तरकारी खेतीको सफलतामा धर्मलालले प्रथम गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको हातवाट सेवा पदक नै पाएका थिए ।
तर देशको परिस्थितीले अहिले उनीहरुलाई खेती गर्न तर्सन पर्ने अवस्था छ । २०६३ सालमा हप्तौसम्म लगातार बन्द हड्ताल भएपछि उनीहरुले तरकारी खेती गनए डराउन पर्ने अवस्था आएको हो । धर्मलालसिंह भन्छन – ३२ विगाहा भन्दा बढी खेतमा लगाइएको बन्दा त्यत्तिकै जोत्न ुपरेपछि अहिले राजनीतिक अवस्था हेरेर मात्र तरकारी खेती गर्छौ ।’ उनीहरुले अहिले १६ विगाहा खेतमा धान मकै लगायतका अन्नबाली र बाकी खेतमा तरकारी खेती गरिरहेका छन ।
उनले भने, ‘फाइदा त तरकारी खेतीमा धेरै हुन्छ, अहिले चार बिगाहा खेतमा मात्र तरकारी खेती गर्दा पनि बर्षमा झण्डै ७ लाखको हाराहारीमा खुद नाफा आउछ ।’ जती धेरै खेतमा तरकारी रोप्यो फाइदा बढ्ने हो तर समयमा मल बिउ नपाउनु, मजदुरको अभाव, ब्यवस्थित बजारको अभाव र दलालहरुको बिगबिगीले हामीले बाध्य भएर थोरै उत्पादन गरिरहेका छौ ।उनले आफ्नो व्यथा सुनाए । उनले उल्लेखित समस्याको समाधान हुने हो भने नेपाल तरकारी उत्पादनमा आत्मनिर्भर हुने मात्र नभई भारतमा पनि निर्यात गर्न सकिने दाबी गरे ।

प्रतिक्रिया