भक्तपुरलाई पूर्णसाक्षर जिल्ला बनाउने अभियान

भक्तपुर, १० कात्तिक । कुल साक्षरता ९२ प्रतिशत पुगेका भक्तपुर जिल्लालाई पूर्णसाक्षर जिल्ला बनाउने अभियान सुरु गरिएको छ ।

भक्तपुरलाई यसैवर्ष पूर्णसाक्षरता जिल्ला घोषणा गर्ने लक्ष्यका साथ त्यहाँका सबै क्षेत्रमा साक्षरता कक्षा सञ्चालन गरिएको छ । सरकारले सन् २०१५ सम्ममा नेपालबाट पूर्ण रूपमा निरक्षता उन्लमूलन गर्ने लक्ष्यका साथ गत आव ०६९/०७० देखि देशभर साक्षरता नेपाल अभियान अभियान सञ्चालन गरेको हो ।
‘साक्षरता हाम्रो अधिकार’ भन्ने नाराका साथ सुरु भएको अभियान देशभर सञ्चालन भएको छ । देशभरका १५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियानका साथ सुरु भएको अभियान अन्तर्गत भक्तपुर जिल्ला पहिलो निरक्षर उन्मूलन जिल्ला बन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।
जनगणना २०६८ को तथ्याङ्कअनुसार तीन लाख चार हजार ६५१ जना जनसङ्ख्या रहेको जिल्लामा कुल साक्षरता ८८ प्रतिशत भएकामा महिला ६० प्रतिशत र पुरुष ८१ प्रतिशत साक्षर छन् । जिल्ला शिक्षा कार्यालयले जिल्लालाई पूर्ण रूपमा साक्षरता जिल्ला बनाउने अभियान सुरु गरेपछि सो प्रतिशत बढेर जिल्लाका ९२ प्रतिशत नागरिक साक्षर भइसकेको कार्यालयले जनाएको छ ।
अब करिब ११ हजारलाई साक्षर बनाएमा भक्तपुर पूर्ण साक्षर जिशिअ बन्ने शङ्करप्रसाद गौतमले बताए । पूर्ण साक्षर जिल्ला बनाउन टोलटोलमा साक्षरता कक्षा सञ्चालनलाई तीव्रता दिइरहेको उनले बताए ।
अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले भक्तपुरलाई पूर्ण साक्षरता जिल्ला अर्थात् निरक्षर उन्मूलन जिल्ला बनाउनेबारेमा जिल्ला शिक्षा कार्यालयसाग छलफल भइरहेको जानकारी गराए । युनेस्कोले ९५ प्रतिशत निरक्षरता उन्लमूलन हुनुलाई पूर्ण साक्षरको परिभाषामा राखेको छ । सोह्र गाविस र दुई नगरपालिका रहेको जिल्लामा ६९ हजार ६३६ घरपरिवार तथा ४८५ विद्यालय छन् ।

प्रतिक्रिया