निर्वाचन हुनेमा ढुक्क जनता

Jutta-Silau-dai-Kailaliधनगढी, १० कात्तिक । सर्वसाधरणहरु निर्धारित समयमा निर्वाचन हुनेमा ढुक्क भए पनि राजनीतिक दलले संविधान बनाउनेमा भने शंका व्यक्त गरिरहेका छन् ।

निर्वाचन आयोगले मंसिर ४ मा संविधानसभा सदस्यको निर्वाचनको घोषणा गरी त्यही अनुरूप आफ्ना गतिविधी गरिरहेको छ । राजनीतिक दल पनि चुनावी मैदानमा उत्रेर जनता समक्ष भोट मागिरहेका छन् । यतिबेला दलका नेता, कार्यकर्ता तथा स्वयम् उम्मेदवारहरु हरेक निर्वाचन क्षेत्रमा घरदैलो, सभा लगायतका कार्यक्रम गरेर आफ्नो पक्षमा प्रचारप्रसार गरिरहेको भएपनि उनीहरुका कुरा सुन्दा फेरी संविधान बनाउनेमा भने शंका रहेको सर्वसाधरणहरुको भनाई छ ।
२०६४ सालको निर्वाचनमा नेपाली जनताको हातमा एक वर्षभित्र संविधान दिने भनेर दलहरुले लिखित प्रतिबद्धता गरेको भएपनि संसदमा गएपछि कुर्सीको हानथापमा नै समय बिताएका थिए । अब हुने निर्वाचन पछि पनि संविधान जारी गर्लान् भन्ने कुनै आस नभएको बौनियाकी सुलसा कठायतले बताइन् ।
‘भोट माग्न आउने उम्मेदवार र दलका नेताका कुरा सुन्दा अझै संविधान बन्छ भन्ने कुनै आधार छैन्,’ कठायतले भनिन्, ‘फेरी सरकार बनाउने र गिराउने बाहेक अरु गर्लान्जस्तो छैन् ।’ देश र जनताको दुख सम्झेर संविधान बनाए त राम्रै हुने थियो । ’
जनतालाई लकाइफकाइ सत्तामा जान भोट त मागी रहेका छन् । अझै पनि दलका नेताहरुमा संविधान बनाउन नसकेको कुनै पछुताव छैन् । आफ्नै मात्र डम्फु बजाएर एकले अर्कोलाई गाली गरिरहेका यी दलले संविधान बनाउाछन् भनेर कसरी आस गर्नु सुखड बजारमा बिगत ३० वर्षदेखि जुत्ता सिलाउने काम गर्दै आइरहेका ५३ वर्षीय मोहनबहादुर सार्कीले भने ।
सार्कीले आफूजस्तै निम्न बर्गलाई दलहरुले भोट ब्यांकको रूपमा मात्र प्रयोग गरेको आरोप लगाए । सवै बर्ग, क्षेत्र तथा समुदायलाई प्रत्यक्ष राहात पुग्ने खालको संविधान बनाई देशलाई अग्रगामी बाटोमा हिडाउन सक्ने दल तथा नेताको खााचो रहेको सार्कीले बताए ।
चुनाव हुने त पक्का नै भइसक्यो । तर, संविधान बन्छ भन्नेमा आसा गरौं तर भरोसामा पर्ने अवस्था नरहेको श्री दरख उच्च मावि ११ कक्षामा अध्ययनरत अञ्जु राईले बताइन् । यसअघि राज्यको ढुकुटी खर्चेका दलले फेरी आफ्नो सुख सयलका लागि राज्यको ढुकुटी उडाउने बाहेक अरु के गर्लान् र राईले भनिन् ।
यी त उदाहरण मात्र हुन् । अझै सर्वसाधरणहरुमा संविधान बन्छ भन्ने आसा छैनन् । तर, उनीहरु निर्वाचनमा भने सहभागि हुने बताउाछन् । देश बनाउने जिम्मा दलकै हो । निर्वाचनमा सहभागि नभएर के गर्ने अत्तरियाका ब्यापारी रूपेश कार्कीले भने ।
उम्मेदवार एबम् नेताहरुले आफूहरुलाई जिताए मात्र संविधान बन्ने नत्र पहिलाको अवस्था हुने भनेर जनता धम्क्याउने गरेकोले पनि जनतामा संविधान बन्छ भन्नेमा शंका रहेको नागरिक समाजका अगुवाहरु बताउँछन् ।
दलहरुले जनता माझ जादा धम्कीको भाषा भन्दा पनि अब आउने चुनावबाट संविधान बन्छ भन्ने भरपर्दो कुरा गरेर विश्वास जित्नुपर्ने नागरिक अगुवा पदम थापाले बताए । उनले सरकार भन्दा पनि संविधान बनाउने दलहरुको प्रमुख एजेण्डा हुनुपर्छ भने ।

प्रतिक्रिया